काठमाडौं महानगर–३ ले गर्यो ,कम्पोष्ट विन हस्तान्तरण

Image
काठमाडौं–काठमाडौं महानगरपालिका–३ ले कम्पोष्ट विन हस्तान्तरण गरेको छ । वडा कार्यालयले घरबाट निस्कने कुहिने फोहोरलाई स्रोतमै वर्गीकरण गरी घरमा कम्पोस्ट मल बनाई फोहर न्यूनीकरणका लागि कम्पोष्ट विन सहयोग गरेको बताइएको छ । वडा कार्यालयले गत साउन २१ गते नाम टिपाउनको लागि सूचना जारी गरेको थियो । सूचनाका आधारमा नाम टिपाएका स्थानीयलाई कम्पोष्ट विन वितरण शुरू गरिएको हो ।
Tags: