मुगुका घरघरमा माओवादी

Image
हरिकृष्ण ऐडी मुगु – नेकपा माओवादी केन्द्रले हालै घोषणा गरेको तीन महिने पार्टी अभियान सार्थक बनाउन माओवादी केन्द्र मुगुले आफ्ना नेता कार्यकर्तालाई जिल्लाका चार स्थानीय तह र ४५ ओटै वडाका बस्तीमा पठाएको छ । बुधवार प्रेस सेन्टर मुगुले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र मुगु इन्र्चाज गोमा कुँवरले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ मूल नारासहित अभियान शुरू भएको बताइन् । सो अवसरमा सबै स्थानीय तह र वडास्तरसम्म अभियानमा नेता तथा कार्यकर्तालाई खटाइएको उनले जानकारी दिइन् । सामाजिक साँस्कृतिक न्याय स्थापित भएको जनताले हेर्न चाहेको र युद्धका समयका मुद्दा पार्टीले बिर्सिएरको भन्दै निरास भएकोले नेता तथा कार्यकर्ता रुपान्तरण हुन, शहीद परिवारसँग भेटघाट गर्न अभियान चालिएको उनले बताइन् । उनले पार्टीका विषयमा भ्रम छर्ने काम भएकोले त्यसलाई चिर्न अभियानले सहयोग गर्नुपर्ने उनको भनाइ छ । साथै माओवादी केन्द्र मुगुमा तेस्रो पार्टीका रूपमा देखिएकाले जिल्लामा पहिलो पार्टी बनाउन केन्द्र पार्टीको निर्देशनअनुसार तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शुरू भएको बताइन् । भदौ १६ गते ११ बजे एकैसाथ देशभर ६ हजार ७ सय ४३ वडा कमिटीबाट शुरु गरिने पत्रकार सम्मेलनमा ईन्चार्ज कुँवरले जानकारी दिइन् । ५ हजार ५ सय संगठित सदस्य रहेको मुगु जिल्लाका चार स्थानीय तहका ४५ वडामा प्रति वडा ९ जनाका दरले ४ सय ५ जना नेता तथा कार्यकर्तालाई माओवादीले वडा वडामा खटाएको छ । छाँयानाथ रारानगरपालिकामा मुगुका पार्टी संयोजक सुकबिर बुढा, खत्याड गाँउपालिकामा अजबहादुर शाही, सोरु गाँउपालिकामा नवराज धामी र मुगुम कार्मारोङमा छिरिङ तोमडोल लामाको नेतृत्वमा अभियान १६ गतेबाट शुरु हुने नेकपा माओवादीका जिल्ला संयोजक शुकबिर बुढाले बताए । यो अभियानमा खटिएका नेता तथा कार्यकर्ताले जनता सामु प्रचण्ड नेतृत्वको सरकारले गरेका भष्ट्रचार नियन्त्रण, सुशासन र पारदर्शितता सम्बन्धी कामका साथै कर्णाली प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम, योजना र बजेटबारे प्रष्ट पार्नेछन् । कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्री मंगलबहादुर शाहीले पत्रकार सम्मेलनमा बताए ।  
Tags: