बन्दीपुरेले मनाए काठमाडौंमा गाईजात्रा

Image
काठमाडौं–तनहुँको बन्दीपुर घर भई काठमाडौं उपत्यकामा बसोबास गर्दै बन्दीपुरेले बिहीवार काठमाडौंमा परम्परागत रूपमा गाईजात्रा पर्व मनाएका छन् । बन्दीपुर सामाजिक विकास समितिको आयोजनामा वर्षेनि मनाइने यो पर्वमा यस पटक उल्लेख्य रुपमा बन्दीपुरेहरुको सहभागितामा मनाइएको प्रचार प्रचार उपसमिति संयोजक दीपेन्द्र भण्डारीले जानकारी दिए । पहाडकी रानी उपनामले प्रसिद्धी कमाएको बन्दीपुर नेवारी कला, संस्कृति, चाडपर्व तथा आतिथ्यको लागि लोकप्रिय मानिन्छ । बन्दीपुरमा जस्तै काठमाडौंमा बसोबास गर्ने बन्दिपुरेहरूले मृतक आफन्तको सम्झनामा विगत दुई दशकदेखि काठमाडौंमा गाईजात्रा पर्व मनाउँदै आएका छन । अन्य समुदाएको भन्दा पृथक मानिने बन्दीपुरे गाईजात्रामा गीत संगीत र कलाको समिश्रण पाइन्छ । यस पटकको जात्रा बसन्तपुर दरबार स्क्वायरको दमकल अगाडिबाट शुरु भई ईन्द्रचोक, मखन, हनुमा ढोका गद्धी बैठक हुँदै दरबार स्क्वायरमा आएर सम्पन्न भएको थियो ।  
Tags: