रोटरीद्वारा कौशल्या मेमोरियल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Image
काठमाडौं–रोटरी क्लब अफ धुलिखेलको संयोजनमा रोटरी क्लब अफ गोंगवु र रोटरी क्लब अफ काभ्रे भ्यालीले कौशल्या मेमोरियल अस्पताल कोहलपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । अस्पतालमा इन्टेन्सिभ केयर यूनिट स्थापनाको लागि भेन्टिलेटर मेसिन २ सेट, पेसेन्ट मोनिटर ५ सेट, आइ.सी. यू वेड ५ इन्फुजन पम्प ६ सेट, सिरिन्ज पम्प ६ सेट उपलब्ध गराएको रोटरी इन्टरनेशनल नेपाल ३२९२ का सर्भिस प्रोजेक्ट कमिटी को–चेयर कविता मानन्धरले जानकारी दिइन् । स्वास्थ्य सामग्री रोटरी क्लब अफ गोंगवु, रोटरी क्लब धुलिखेल, रोटरी क्लब अफ काभ्रे भ्यालीका प्रतिनिधिले सोमवार अस्पतालका निर्देशक डा.चन्द्र महतो ज्यू लाई हस्तान्तरण गरेका थिए । यो सहयोग रोटरी ग्लोवल ग्रान्टको लागि रोटरी क्लब अफ सिंगापुर, रोटरी क्लब अफ हङ्गकङ्ग नर्थ इष्ट, रोटरी डिष्ट्रिक्ट ३३१०, रोटरी न्यूजिल्याण्ड वर्ड कम्यूनिटी सर्विस र द रोटरी फाउण्डेशनबाट आर्थिक तथा प्राविधिक सहयोग जुटाइएको थियो । रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष रन्जिव श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, रोटरी क्लब अफ काभ्रे भ्यालीका निवर्तमान अध्यक्ष अनुप कुमार श्रेष्ठले आन्तरिक स्रोत र परियोजनाको संयोजन गर्न पहल गरेका थिए । सहयोगबाट अस्पतालमा आउने जटिल बिरामीको उपचारमा विशेष सहयोग पुग्ने अस्पतालको अपेक्षा छ। अस्पतालका प्राविधिक कर्मचारीहरुलाई आइसीयू युनिट व्यवस्थापनको तालीम दिइने बताइएको छ । रोटरीले देश भरि नै स्वास्थ्य संस्था, शैक्षिक संस्था र सामुदायिक संस्थाहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर सहयोग गर्दै आइरहेको छ ।
Tags: