कोहलपुरमा रोटरीको मुटुरोग परीक्षण तथा परामर्श शिविर

Image
काठमाडौं– विभिन्न रोटरी क्लबहरूको सहयोग तथा नेपाल हार्ट फाउन्डेशन काभ्रे शाखा र कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेको आयोजनामा गत आइतवार निःशुल्क बाथ रोग शिविर सम्पन्न गरेको छ । शिविरमा १५२ बालबालिकाको मुटुरोग परीक्षण गरिएको थियो, जस मध्ये शिविरमा ११३ इको कार्डियोग्रापीद्वारा मुटु परीक्षण गरिएको थियो । कार्डियोग्राफी गरिएका मध्ये ११ जना बालबालिकमा जटिलता देखिएको आयोजकले जानकारी दिएका छन् । शिविरमा बालबालिकाका अभिभावकलाई स्वस्थ्य बालमुटुको खानपानबारे परामर्श गराइएको थियो साथै आवश्यकताका आधारमा बालबालिकालाई औषधि वितरणसमेत गरिएको थियो । उक्त शिविर काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ तथा सहायक प्राध्यापक डा. अनिश जोशी र कौशल्या मेमोरियल अस्पतालका डा. निकीता चौधरी, डा. निशान के.सी लगायतको प्राविधिक समूहले गरेको थियो । उक्त शिविर रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ गोंगबु, रोटरी का अफ काभ्रे भ्याली, किवानिज क्लब अफ काभ्रे, नेपाल हार्ट फाउन्डेसन बाँके नेपालगन्ज लगायत विभिन्न संघसंस्थाको सहकार्यमा गरिएको थियो । शिविरको संयोजन रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका सभापति अशोक कुमार श्रेष्ठले गरेका थिए ।
Tags: