राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुललाई आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि
काठमाडौं – आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्षी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।
सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षी गुरुकुलले खेल जितेको हो ।
राजर्षी गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए । यस्तै गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २–१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मा¥यो ।
काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षी गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षी गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।
यस्तै गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो ।
राजर्षी गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कूल २७ टोलीको सहभागिता थियो ।