सेल्सवेरीको ‘म्याजिक मनसुन अफर’

Image
काठमाडौं – सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले ‘ म्याजिक मनसुन अफर ’ ल्याएको छ । यो अफर भदौ महिनाभर चल्ने बताइएको छ । सेल्सवेरीमा सपिङ गर्ने ग्राहकले अफर अन्तर्गत भारी छूट प्राप्त गर्ने जनाइएको छ । रक्षावन्दन, गाइजात्रा, कुशे औशी र तीजको अवसरलाई लक्षित गरेर अफर ल्याइएको हो । घरायसी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सवेरीले जनाएको छ । यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ । दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने मन्सून अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले अफर ल्याएको हो । त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छूट प्रदान गरिएको छ । १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्रदान हुने सेल्सवेरीका अपरेसन हेड दयाल गिरीले जनाकारी दिए ।
Tags: