सिटिजन्स बैंकले गर्यो कम्पोस्ट बिन सहयोग

Image
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नवलपुरको मध्यबिन्दु–२ अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई १३ ओटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक कार्यक्रमका बीच उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाई उक्त सामग्री हस्तान्तरण गरको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुबाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बताइएको छ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमतामा भार कम गर्ने विश्वास बैंकको छ ।  
Tags: