अंग्रेज हराउने योद्धाको स्मृतिमा जितगढी किल्ला (फोटो फिचर)

Image
काठमाडौं– बुटवल उपमहानगरपालिका–१ स्थित जितगढी किल्ला। नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (विसं १८७१÷७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थलको रूपमा लिइन्छ। बुटवलगढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए। जितगढी सम्पदाको गुरुयोजना बनाएर यसको संरक्षणको काम भइरहेको छ। (तस्वीरः जेबी दर्लामीको फेसबुकबाट)
Tags: