आइएमई पेले ल्यायो ‘विकेट टु विन नामक अफर’

Image
काठमाडौं– डिजिटल वालेट आइएमई पेले ‘एसिया कप क्रिकेट २०२३’ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ। गत शुक्रवारदेखि मंगलवारसम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’को प्रोमो कोडको प्रयोग गरी रू. १५० सम्म छूट प्राप्त गर्न सक्ने बताइएको थियो। साथै यस अफरमा सहभागी हुनुहुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन जित्न सक्ने बताइएको छ । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।
Tags: