चुच्चेपाटीमा तिलगंगा सिटी आई सेन्टरः सन्दुक रुइतले गरे उद्घाटन

Image
काठमाडौं – काठमाडौंको चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको सेवा शुरू गरिएको छ । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँबाट दिने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा आई सेन्टर सञ्चालनमा ल्याइएको हो । तिलगंगा आँखा अस्पतालका चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सेवासहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ । सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा.रीता गुरुङले संयुक्त रूपमा गरेका थिए । सेन्टरले आँखासम्बन्धी विभिन्न जटिलताको उपचारको लागि विभिन्न सेवा प्रदान गर्ने जानकारी दिएको छ । साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रिया सेवासम्म उपलब्ध हुने बताइएको छ । मोतिबिन्दुकोशल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया ररेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भिजनथेरापीको सेवासुविधाहरु पनि यो संस्थाले प्रधान गर्ने बताइएको छ ।
Tags: