गौहत्या सनातन धर्ममाथिको आक्रमण

Image
काठमाडौं– राजनीतिक विश्लेषक प्रकाश रायमाझीले वैदिक सनातनी परम्परा प्राचिन धर्म संस्कृति र हाम्रो पूर्वीय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको बताएका छन्। पछिल्लो समय गौहत्याका शृङ्खला यसको निरन्तरता भएको उनको भनाइ छ। उनले गौहत्याले सनातन धर्म माथि खुलमखुला चुनौती दिएको बताउँछन्। ‘यस्तो अवस्थामा राज्यले दोषी माथि कारवाही नगरेर संरक्षण गरेको छ,’ उनको आरोप छ। उनले धरानमा भएको घटना सामान्य नभएको र सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने जातीय द्वन्द्वमा मुलुकलाई धकेलिने योजना रहेको उनले बताए।
Tags: