कौशल्या मेमोरियल अस्पतालमा रोटरीको स्वास्थ्य शिविर
काठमाडौं– रोटरी क्लब अफ धुलिखेलले आरसी काभ्रे भ्याली, आरसी गोंगबु, नेपाल हार्ट फाउन्डेसन, किवानिस काभ्रे नेपाल र कौशल्या मेमोरियल अस्पताल कोहलपुरसँगको सहकार्यमा आज (आइतवार) स्वास्थ्य शिविर गरेको छ ।
कौशल्या मेमोरियल अस्पताल भइरहेको स्वास्थ्य शिविरमा बाथ मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच भइरहेको आरसी गोंगबुकी पूर्व अध्यक्ष कविता मानन्धरले जानकारी दिइन्। उनका अनुसार शिविरमा ३०० भन्दा बढी बालबालिकाले लाभ पाउने अपेक्षा गरिएको छ। बाल हृदय रोग विशेषज्ञ डा अनिश जोशीले शिविरको नेतृत्व गरेका छन् ।