दरवारमार्ग मै खान पाइन्छ निःशुल्क मही

Image
काठमाडौं – रैथाने हाट बजारमा निःशुल्क मही खान पाइने भएको छ। निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसनले सम्झौता गरेको हो। नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौबीच भएको सम्झौता अनुसार अब हरेक शनिार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज विक्री वितरण गर्न आयोजना गरिएको हाट बजारमा प्रत्यक्ष ठेकीमा मही तुलाही निःशुल्क खुवाउने कार्यक्रम रहने एसोसियशनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए। यो अभियानले युवा पुस्तामा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने उनको दावी छ। ‘हामीले आफैं शुरूवात गरेको यो अभियान आज ठूलो अभियान कर्ता रैथानेसँग जोडिएर गर्न पाउँदा यसले थप उत्साहित बनाएको छ,’उनले भने।  
Tags: