
काठमाडौं – गैरनाफामूलक सामाजिक संस्था ‘युनिभर्सिटी अफ थ्री जेनेरेसन’को आयोजनामा ‘ब्रेक थ्रु विथ रोहित मल्ल’ नामक एक दिने युवा उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन हुने भएको छ ।
संस्थाले भदौ १९ गते मंगलबारका काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा उक्त कार्यक्रम गर्ने भएको हो । युवा वर्गमा विद्यमान समस्यालाई समाधान गर्दै सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने सन्देशमा यस कार्यक्रम केन्द्रित रहेको बताइएको छ ।
कार्यक्रमको मुख्य वक्ताका रूपमा युवा मोटिभेसनल स्पिकर रोहित मल्ल रहने छन् । उनी ७ वर्षदेखि देशका विभिन्न स्थानमा पुगेर उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । उनको मुख्य प्रस्तुतिमा स्ट्रगल, पसिबल, फियरलेस जस्ता देशव्यापी मोटिभेसनल सेमिनार सम्पन्न भैसकेको संस्थाले जानकारी दिएको छ ।
विशेष गरी युवा वर्गमा आफ्नो करियरमा के बन्ने, सम्बन्ध कसरी कायम राख्ने, लागूपदार्थ दूव्र्यसनबाट कसरी पर रहने जस्ता विषयमा अथाह दुविधा रहेकाले उनीहरूलाई सकारात्मक कार्यका लागि उत्प्रेरित गर्न यस कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।