ब्रिलियन्टद्वारा विद्यार्थीलाई क्यानेडियन सिम हस्तान्तरण

Image
काठमाडौं– ब्रिलियन्ट एजुकेशन एण्ड क्यारियर सर्भिसेसले क्यानडाका लागि भिसा निश्चित भएका विद्यार्थीलाई क्यानेडियन सिम कार्ड दिएर विदाई गरेको छ । क्यानडामा सम्पर्क स्थापित गर्न र नयाँ ठाउँमा सञ्चार समन्वयका लागि सहज होस् भन्ने हेतुले सिम कार्ड उपलब्ध गराएको ब्रिलियन्टकी निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् । ‘हामी विद्यार्थीलाई सही परामर्शसँगै सुखद् यात्रा र गन्तव्यमूलुकका सहजता चाहान्छौं, त्यसकै लागि सिम उपलब्ध गराएका हौं,’ उनले भनिन् । ब्रिलियन्टले सन् २००५ देखि नेपाली विद्यार्थीको करियर निर्माणमा सहयोग गर्दै आएको छ । ब्रिलियन्टले अष्ट्रेलिया, युएसए, युके, क्यानडा, न्युजिल्याण्ड, युरोप, जापान लगायतका देशमा अध्ययनका लागि जान सहजीकरण गर्दै आएको छ ।  
Tags: