एसक्यूए इन्टरनेशनलकी रिजनल म्यानेजरले गरिन् ब्रिलियन्टको भ्रमण

Image
काठमाडौं–एसक्यूए इन्टरनेशनलकी इन्टरनेशनल रिजनल म्यानेजर (दक्षिण एसिया) मार्गरेट कुरानले बिहीवार ब्रिलियन्ट एजुकेशन एण्ड केरियर सर्भिसेसको काठमाडौं स्थित पुतलीसडकमा रहेको कार्यालय भ्रमण गरेकी छिन् । भेटमा शैक्षिक सहकार्यका विषयमा छलफल भएको निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् । ‘यो भेटले भावी योजना बनाउने कुरामा ठूलो अर्थ राख्छ, मार्गरेटसँगको भेटलाई हामीले महत्पूर्ण अवसरका रुपमा लिएका छौं, ’ उनले भनिन् । उनले भेटमा भएको छलफल महत्वपूर्ण र प्रेरणादायी रहेको बताइन् । नेपाली विद्यार्थीको उच्च शिक्षामा सहकार्यका लागि मार्गरेटले देखाएको चासो र हौसलाले उत्साह जगाएको उनको भनाइ छ । वैदेशिक अध्ययनमा सहजीकरण गर्दै आएको ब्रिलियन्टले समय समयमा यस्ता भेटभाट र समन्वय गर्दै आएको बस्नेतले बताइन् । ब्रिलियन्टले सन् २००५ देखि नेपाली विद्यार्थीको करियर निर्माणमा सहयोग गर्दै आएको छ । ब्रिलियन्टले अष्ट्रेलिया, युएसए, युके, क्यानडा, न्युजिल्याण्ड, युरोप, जापान लगायतका देशमा अध्ययनका लागि जान सहजीकरण गर्दै आएको छ ।    
Tags: