काठमाडौं महानगर–३ का वार्षिक योजना, तपाईंका क्षेत्रमा के के परे ?
काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं–३ ले पहिलो पटक सुत्रमा समावेश भएका केन्द्रिय स्तरका र वडास्तरका आर्थिक वर्ष २०८०/८१ को क्रमागत, चालु र नयाँ योजना सार्वजनिक गरेको छ । गत आव २०७९/८० को सुत्रमा समावेश भएका १२७ ओटा योजनामा ७६ प्रतिशत सम्पन्न भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
वडाले सार्वजनिक गरेका महानगर गौरव र स्वर्णिम आयोजना बाहेकका कार्यक्रम यस्ता छन् ।
न्यूरो अस्पताल पूर्व पट्टीको खोला नियन्त्रण तथा करीडोर निर्माण – रू. ४३ लाख ८६ हजार
सांग्रिला होटेलदेखि बांसबारी सम्म सडक बत्ती जडान गर्ने कार्य रू. ९ लाख ९८ हजार
विकासनगर, सृजनशिल टोल र मिलिजुली टोलको सडक स्तरोन्नति वसुन्धरा रू. ३८ लाख ५१ हजार
वसुन्धारादेखि सामाखुशीसम्म नदी नियन्त्रण तथा करिडोर निर्माण रू. ३९ लाख १० हजार
विश्व हिन्दु महासङ्घसँगै रहेको सार्वजनिक जग्गामा जेष्ठ नागरिक पार्क निर्माण तथा जग्गा संरक्षण रू. ३४ लाख ७५ हजार
धारापाटीको सार्वजनिक जग्गामा बाल उद्यान निर्माण रू. ४५ लाख ६९ हजार
जलढुंगा मार्ग देखि चुनदेवी मन्दिरसम्म सडक निर्माण रू. ७६ लाख ८५ हजार
महापुर मार्गमा बाटो विस्तार तथा पिच निर्माण कार्य रू. ४१ लाख ७४ हजार
कान्तिमार्गको ओरालोमा ढलान गर्ने कार्य रू. २० लाख २४ हजार
नर्सरीलेन मार्ग बाटो विस्तार तथा पिच निर्माण कार्य रू. ७१ लाख ६२ हजार
इको पार्क थप निर्माण रू. १ करोड ४८ लाख ९२ हजार
सृजनशील टोल स्थित सामाखुसी खोलाको ट्र्याकमा ढल निर्माण रू. १ करोड ४९ लाख ९५ हजार
नारायण गोपाल संगीत कोष भवन फिनिसिङ्ग कार्य रू. २ करोड ४९ लाख ८५ हजार
रानीदेवी आधारभूत विद्यालय भवन पुनः निर्माण, रानीवारी रू. ६ करोड २० लाख ७४ हजार
महाराजगंज राष्ट्रपति कार्यालय देखि तक्षशिला स्कुलसम्म सडक कालोपत्रे गर्ने कार्य रू.२ करोड १३ लाख ११ हजार
विकास नगर टोलमा सडक स्तरोन्नति गर्ने काय रू.२ करोड २९ लाख ७५ हजार
श्रृजनशिल मार्गमा ढल तथा सडक कालो पत्रे गर्ने कार्य थप रू. २ करोड ५२ लाख ३६ हजार
गैह्रीगाउं गल्ली, खाडी बस्ती मार्ग र सुन्दर नगर मागको सहायक बाटो र चांदनी मार्ग, तिलिङ्गतार मार्ग र जलधारा मार्गमा सडक स्तरोन्नती गर्ने कार्य रू. ६ करोड २४ लाख ९७ हजार
श्रृजनशिल टोलबाट धापासी जोड्ने सडक कालो पत्रे गर्ने कार्य रू. ४ करोड २९ लाख २० हजार
कुमारी मन्दिर परिसर धारापाटीमा पाटी निर्माण रू. ५० लाख
प्राचिन चुनदेवी मन्दिर परिसरमा पाटी र परिसर सुधार कार्य रू. ५० लाख
बंगलामुखि मन्दिर परिसरमा पाटि र पार्क निर्माण रू. ५० लाख –बहुवर्षे
बुद्दिसागर मार्गको कुँवा सँगै ऐतिहासिक पाटी निर्माण रू. ३० लाख
सामाखुसी नदी नियनत्रण तथा कोरिडोर निर्माण ३, १६ र २६ को संयुक्त आयोजना रू. १९ करोड ३ लाख ३ हजार
कुमारी मन्दिर जिणोद्धार तथा परिसर सुधार रू. २५ लाख
धापासी मार्ग सहायक बाटोमा सडक निर्माण गर्ने कार्य रू. १० लाख
समान्तर मार्ग, धापासी मार्ग र धारापाटी गल्लीमा ब्लक छाप्ने कार्य रू. ७७ लाख ९ हजार
वडा अन्तर्गत विभिन्न स्थानमा सडक कालोपत्रे रू. २ करोड ९० लाख ५७ हजार
शिव मन्दिर पछाडी कीरीयापुत्री भवन निर्माण रू. १ करोड ९० लाख
रानीबारी सामुदायिक बनको सिमा पर्खाल, पदमार्ग लगायतका पुर्वाधार निर्माण कार्य रू. २५ लाख
संगम क्लव स्थित खोला छेउको मैदानमा पार्क, ट्र्याक खोल्ले ट्स निर्माण कार्य रू. ५० लाख
सोपाल समाज कान्ति र तालिम केन्द्र विचको बाटोबाट ढल निर्माण कार्य रू. ५० लाख
तिलिङटारस्थित सोपाल गुरुङ समाज पछाडी वाटो पिच गर्ने रू. ३० लाख
महापुर मार्ग विस्तार र पिच रू. ४० लाख
सगम मार्गमा पिच गर्ने कार्य रू. ४० लाख
रानीदेवी मार्गको ऐतिहासिक ढुंगेधाराको मर्मत संभार कार्य रू. २५ लाख
धारा मार्गमा कालोपत्रे गर्ने रू.२५ लाख
गान्धारी मार्गमा ढल फेर्ने रू. १५ लाख
रानीबारी सम्पदा होटल अगाडीको बाटो रि–पिच गर्ने रू.२० लाख
कुमारी मन्दिर मर्मत कार्य रू. २० लाख
सृजनशील टोल सामुदायिक भवन निर्माण रू. १ करोड ३०लाख
विश्व शान्ती चीरन मिलन कलेजको भवन निर्माण रू. १ करोड
वडाको विभिन्न स्थानमा खानेपानी विस्तार र मर्मत सुधार कार्य रू. ३० लाख
विकासनगरको मित्री जाने चार वटा वाटो ढलान गर्ने रू. ३० लाख
सिर्जनशिल टोलको भित्री चार वटा वाटोमा ढलान, ढल मर्मत र हुगा छाप्ने कार्य रू. ३० लाख
वडाको विभिन्न स्थानहरुको पोल सार्ने कार्य रू. २० लाख
रानीवारीका विभिन्न स्थानमा सडक बत्ती जडान कार्य रू. १० लाख
बांसवारी एरियाका विभिन्न स्थानमा सडक बत्ती जडान कार्य रू. १० लाख
महाराजगन्ज एरियाका विभिन्न स्थानमा सडक बत्ती जडान रू. १० लाख
कामपा ३ वडाका विभिन्न स्थानमा सडक बत्ती जडान रू. १० लाख
वडाको विभिन्न स्थानमा सि सि टि भी जडान तथा मर्मत कार्य रू. ३० लाख
महापुर मार्गवाट वु.न.पा. ७ जोड्ने मार्ग ढलान रू. रू. २० लाख
रानीवारी स्थित इच्छेश्वर महादेवको वाटो पिच गर्ने रू. १० लाख
गौरवशाली मार्गमा ढलान गर्ने रू. २० लाख
देव निवास गल्ली, मणीकुल टोलको ढलको क्षमता बढाउने रू. १० लाख
शिव मन्दिर पछाडी खुल्ला जिम तथा पार्क निर्माण रू. १० लाख
श्री कृष्ण धारा जिणोद्वार रू. १० लाख
नवीलवैक पछाडीवाट कुमारीमन्दिर छुने वाटो ढल र खुडकिला निर्माण रू. १० लाख
कृष्णमन्दिर जिर्णोद्वार रू. १० लाख
वडाको विभिन्न स्थानमा खतरा जन्य रुखहरुको व्यवस्थापन कार्य रू. ५ लाख
वडाको मार्गहरुको नामाकरण गर्ने कार्य रू. १० लाख
का. म. पा. ३ वडाको भौगोलिक सुचना प्रणाली (जिआइएस) मार्फत वडा प्रोफाइल बनाउने रू. १० लाख
मिलीजुली टोलको उत्तरगल्ली जाने वाटोमा ढल सफा गर्ने र व्लक छाप्ने कार्य रू. ५ लाख
जलढुगा मार्गको शाखा बाटोमा रिपिच गर्ने कार्य रू. ५ लाख
रानीवारी क्लवको मर्मत संभार रू. ५ लाख
खाडीमार्गका गोरेटो बाटोमा ढलान रू. ५ लाख
आकस्मिक पुर्वाधार निर्माण कार्य रू. १५ लाख
ओमशान्ति भवन बासबारीमा वाल र पाटेशन गर्ने कार्य रू. १० लाख
नसरीलेन मार्ग बाटो विस्तार रू. १० लाख
कान्तिपुर डेन्टल देखि शिव मार्गमा ग्रावेल राख्ने कार्य रू. १० लाख
सृजनशिल मार्ग सार्वजनीक जग्गा वाल लगाउने कार्य रू. १० लाख
तिलिङ्गटार मार्ग सहायक वाटो नेपाल प्रहरी स्कूल जाने बाटोमा ढुङ्गा छाप्ने कार्य रू. १० लाख
तिलिङ्गटार मार्गको सिआईवि पुल देखि रानीबारी चोकसम्म ग्राभेल राख्ने कार्य रू. १० लाख
खाडी वस्तीमा ढलान र ढल व्यवस्थापन कार्य रू. १० लाख
विभिन्न तालिम (काष्ठ कला, मूर्तिकला, प्लम्बीङ, इलेक्ट्रीसियन, डकर्मी, कौशी खेती) संचालन गर्ने रू. १० लाख
रानीवारी स्थित इच्छेश्वर महादेवको मन्दिर बनाउने कार्य रू. १० लाख
वासवारी धापासी मार्गको सहायक मार्ग उपभोक्ता मार्ग पिच कार्य रू. १० लाख
मिलीजुलीटोलका वडा न. ३.४ को सिमाना बाटो मर्मत गरी व्लक छाप्ने रू. १० लाख
गैरी टोल, पिपलबोट बासबारीमा खानेपानीको लागि २ इन्चको पाइप लाइन विस्तार रू. १० लाख
वासवारी स्थित कृतीमान मार्गमा प्याचीङ रू. १० लाख
रेयुकाई मार्ग रि–पिच गर्ने कार्य रू. १० लाख
जलढुगा मार्ग स्थित क्रियापुत्री भवनको पूर्व तर्फको वस्तीमा खानेपानी विस्तार रू. १० लाख
संगमटोल भित्री वाटोमा ढलान गर्ने कार्य रू. १० लाख
दियालो मार्गमा पिच गर्ने रू. १० लाख
शान्ती वस्ती गल्ली बाटो मर्मत रू. १० लाख
संगम मार्गको खोलाको छेउमा रेलिङ राख्ने कार्य रू. १० लाख
कान्ती ओराली मन्दिर साइड अगाडीको बाटो ढलान गर्ने रू. १० लाख
रानीबारी स्थित आसरा मार्गको भित्रीवाटो ढलान गर्ने कार्य रू. १० लाख
नारायणटोलको मन्दिर र सामुदायिक भवन सुधार कार्य रू. १० लाख
वडाको विभिन्न स्थानमा वोरीङ खन्ने कार्य रू. ५ लाख
इन्द्रायणी मन्दिर र नारायणटोलको बाटोमा माथिल्लो वाटोमा रेलिङ निर्माण रू. १० लाख
प्रसिद्ध मार्गमा ढलान गर्ने कार्य रू. १० लाख
आचार्य गल्ली चौडा गर्ने कार्य रू. १० लाख
तिलिङ्गटार मार्गको सहायक बाटो पन्तको घर जाने बाटो र देवकोटा गल्लीमा ब्लक छाप्ने कार्य रू. १० लाख
गोगंबु मार्गको भित्री बाटो पिच गर्ने कार्य रू. १० लाख
पुष्पलता मार्गमा पिच गर्ने कार्य रू. १० लाख
कुमार मार्गमा ग्राभेल राख्ने कार्य रू. १० लाख
कान्ति मार्ग सहायक बाटोमा ढलान गर्ने कार्य रू. १० लाख
जलढुंगा मार्गमा पिसिसि गर्ने कार्य रू. ७ लाख
धापसी मार्ग सिर्जनशील मार्गमा सवबेस विछ्याउने कार्य रू. १० लाख
सत्य साई केन्द्रमा कोठा निर्माण रू. १० लाख
वसुन्धारा सामाखुशी खोलाको पुल मुनि अस्थायी पुल रू. २० लाख
३ वडा स्थित कुवा मर्मत रू. १० लाख
महाराजगञ्जमा रहेको सार्वजनिक धारा मर्मत रू. ३ लाख
नो पाकिङ्गको वोर्ड रू. ५ लाख
कन्भेक्स मिटर राख्ने कार्य रू. १० लाख
विश्व शान्ति कलेजमा स्वगतद्वार निर्माण रू. १५ लाख
रानीवारी, विकानगर, सृजनशील क्षेत्रमा कन्भेक्स मिरर राख्ने कार्य रू. १० लाख
वासवारी क्लवको खुला जिम मा टूस छाउने कार्य रू. १० लाख
वडाका विभिन्न स्थानमा वृक्षारोपण कार्य रू. १० लाख