राहात र उद्दारमा नेपाली सेनाको सक्रियता

Image
काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा उध्दार कार्यलाई निरन्तरता दिने क्रममा देशका विभिन्न स्थानमा परिचालित भइ उद्दारका कार्यक्रम गरेका जानकारी दिएकोा छ । केही तस्वीर : कालिकोट जिल्ला, महावै गाउँपालिका–२, रकलवाडा टोलको ५० मिटर माथि ढुंगा भासिन गई सो टोल जोखिममा परेको हुंदा उक्त जोखिमयुक्त ढुंगा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याइएको छ ।   चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा माथिबाट सुख्खा पहिरो गई अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सडक डिभिजन कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा सुचारु गराईएको छ । रौतहट जिल्ला, दुर्गाभगवती गाउँपालिका–३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयहरुसंगको सहकार्यमा तटबन्ध निर्माण गरिएको छ । मुगु जिल्ला, खत्याड गाउँपालिका–५ स्थित खमाले निवासी २१ वर्षिय स्थानीय महिला छाया नगरपालिका–२ स्थित हुटु व्यारेक नजिक सिकिस्त बिरामी भएको हुँदा निजलाई जिल्ला अस्पताल गमगढी पु¥याइएको छ ।
Tags: