स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

Image
काठमाडौं – सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । उनको २ वर्ष अगाडि निधन भएको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
Tags: