स्वर्गीय खत्रीको स्मृतिमा सुस्त मनःस्थिति विद्यालयलाई सहयोग

Image
अर्घाखाँची–भुमिकास्थान नगरपालिका–४ धारापानी निवासी स्वर्गीय कृष्णबहादुर खत्रीको स्मृतिमा सन्धिखर्क नगरपालिका–१ मा रहेको निर्मल नवज्योति सुस्त मनःस्थिति विद्यालयलाई सोमवार खाद्य सामग्रीसहित फलफूल हस्तान्तरण गरिएको छ । गतवर्षको कपिलवस्तुमा सडक दुर्घटनामापरि ज्यान गुमाएका खत्रीको सम्झनामा उक्त खाद्य सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री स्वर्गीय केसीकी पत्नी साबित्रा रायमाझी (केसी),बुवा यमबहादुर केसी र छोरा प्रविन केसीले संयुक्त रूपमा विद्यालयका प्रअ कमला भुसाललाई हस्तान्तरण गरेको सृजना भाटले जानकारी दिइन् । सोही कार्यक्रममा सन्धिखर्क ९ निवासी स्वर्गीय हुमकला खड्काको स्मृतिमा छोराबुहारी विष्णु खड्का र देवी खड्काले पनि खाद्य सामाग्री प्रदान गरेको भाटले बताइन् । स्वर्गीय खत्रीको परिवारले यस अघि भुमिकास्थान–४ धारापानीमा रहेको शान्ति माध्यमिक विद्यालयमा ५१ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । धारापानी स्वास्थ्य चौकीमा कार्यरत खत्रीको ४५ वर्षको उमेरमा गतवर्ष दुर्घटनामा ज्यान गएको थियो ।
Tags: