टाटा मोटर्सको एक्सचेन्ज क्याम्प के के छन् सुविधा ?

Image
काठमाडौं – सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प आज देखि शुरू भएको छ । एक्सचेन्ज क्याम्प सिप्रदीका नेपालभर रहेका टाटा मोटर्स शोरुममा मंगलवारसम्म सञ्चालन हुने बताइएको छ । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रति ग्राहकको चासो बढिरहेको र टाटा मोटर्सका नयाँ ईभी प्रतिको रुचि बढिरहेकोले ग्राहकले क्याम्पबाट फाइदा उठाउने आयोजकको अपेक्षा छ । टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव र जिज्ञासालाई ध्यानमा राखी एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई ईभीसँग साट्ने व्यवस्था गरिएको बताइएको छ । बजारको मूल्यभन्दा गाडीको विशेष मुल्यांकन, सरल कर्जाको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरसमेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । क्याम्पमा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका नेक्सन ईभीसँग साट्न सकिने, न्यूनतम ४ लाख रुपैयाँको गाडी मुल्यांकन, एक्सचेन्ज बोनस, इन्स्योरेन्सको सुविधा र ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको कम्पनीको भनाइ छ ।  
Tags: