कोकाकोलाको ‘रोल अफ युथ टुर्वाड्स सस्टेनेबल वल्र्ड’सम्बन्धी छलफल सम्पन्न

Image
काठमाडौं – ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोकाकोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुर्वाड्स सस्टेनेबल वल्र्ड’सम्बन्धी छलफल सम्पन्न भएको छ । पछिल्लो युथ डाइलग इभेन्ट अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर काठमाडौं डन बस्को कलेजमा सम्पन्न गरिएको हो । उक्त कार्यक्रम कोकाकोला नेपालले सहयोग गरेको हो । कार्यक्रममा मिस नेपाल २०१९ तथा मक्कुसेकी सीईओे अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर तथा ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौं हब सृष्टि वैद्य र कोकाकोला बेभरेज नेपालकी कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठ प्यानलिस्टका रूपमा थिए । कार्यक्रमले दिगो योजनामा युवालाई सक्रिय सहभागी बन्न जोड दिइएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थी सहभागी थिए ।
Tags: