पृथ्वीनारायण मा.बि मा रोटरीको वृक्षरोपण

Image
काठमाडौं – शनिवार बिहान काठमाडौंको तारकेश्वर–५ स्थित पृथ्वीनारायण माध्यामिक विद्यालय पाखोमा विद्यार्थीहरू वृक्षरोपणमा जुटेका थिए । विद्यालय वरपर हरियाली बनाउने अभियानमा रोटरी क्लब अफ गोंगबुले साथ दिएको हो । क्लबका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थितिमा गरिएको वृक्षरोपण कार्यक्रममा विभिन्न जातका सय बिरुवा रोपिएको थियो । क्लबका अध्यक्ष निर्मल प्रसाद न्यौपानेले रोटरी सामाजिक काम गर्न स्थापित भएको संस्था भएकोले समुदायको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले पृथ्वीनारायण माध्यामिक विद्यालयमा विद्यार्थी र व्यवस्थापनले देखाएको सक्रियताको प्रसंसा गर्दै अगामी दिनमा पनि सहकार्य गर्दै जाने बताए । विद्यालयका प्रधानध्यापक नारायण प्रसाद शर्माले पृथ्वीनारायण माध्याामिक विद्यालय यस क्षेत्रकै अब्बल विद्यालय बन्ने अभियानमा रहेको र त्यसै अनुसार परिणाम देखिदै आएको बताए । उनले सामुदायिक विद्यालय आफ्नो समिति स्रोत र साधनको भरमा चल्नुपर्ने बाध्यता रहेकोले रोटरी जस्ता संस्थाको सहयोग महत्वपूर्ण रहने बताए ।
Tags: