रज्यश्वोर मल्ल

मुगु – छायाँनाथ रारा नगरपालिका – ५ स्थित ढुम गाउँ पहिरोको

उच्च जोखिममा छ । गत साउन २७ गते गाउँमाथिबाट झरेको भीषण पहिरोका कारण पूरा बस्ती नै त्रसित छन् । पहिरोबाट ढुंगा झर्ने क्रम नरोकिँदा गाउँका दुई सय ५० घरका नागरिक रातभर जाग्राम बस्न बाध्य छन् ।

वर्षासँगै मैतु पखेराबाट झरेको पहिरोबाट १९ वटा घरमा क्षति पुगेको छ । पखेराबाट माटो र ढुंगा झर्ने क्रम अझै रोकिएको छैन । पहिरोले गाउँ नै पुर्ने हो कि भनेर स्थानीय अझै त्रसित छन् ।

स्थानियका अनुसार आजसम्म यतिको ठूलो पहिरो आएको थिएन । एउटा नगरपालिका र तीनवटा गाउँपालिका रहेको मुगुमा ढुम गाउँ एउटा प्रतिनिधि स्थल हो । जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा छन् ।

वर्षायाममा स्थानीयको रात घरबाहिर बित्छ । आफूले मात्रै समस्याको समाधान गर्न नसक्ने भन्दै स्थानीय सरकरले प्रदेश र संघीय सरकारसँग सहयोगको अपिल गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर