सबल नेपाल मिडिया द्वारा आयोजित डोरीतान प्रतियोगिताको उपाधि राज्य टिभिलाई

Image
बुटवल - प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न खेलमा साझ टेलिभिजनलाई ३(१ को सेटमा पराजित गराउदै राज्य टेलिभिजनले जितेको हो । जितसगै राज्य टेलिभिजनले नगद १५ हजार, शिल र प्रमाणपत्र पाएको छ भने साझा टेलिभिजनले नगद १० हजार, शिल र प्रमाणपत्रमा चित बुझाएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माले उद्घाटन गरेको थिए । कार्यक्रममा बोल्दै उनले मिडियाकर्मीहरु बिच हुने यस प्रकारका खेलले सन्चारकर्मी बिच आत्मियता बढ्ने बताए । साथै नगरपालिका आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताए । । प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । रुपन्देहीमा रहेका संचारगृहहरुबीच परस्पर सम्बन्ध र संचारकर्मीहरुबीच भेटघाट तथा रमाइलोको लागि प्रतियोगिताको आयोजना गरेको बताउँदै भव्यताका सफल भएको प्रतियोगिताका संयोजक दीपक न्यौपानेले बताए । कार्यक्रम आयोजक सवल नेपाल मिडिया प्रालिका अध्यक्ष अमृत पाण्डेयको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना राना र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालको विशिस्ट आतिथ्यता पत्रकार सुरेश परियारको संचालनमा भएको थियो ।प्रतियोगिता सबल नेपाल मिडियाले आयोजना र सैनामैना नगरपालिकाको संरक्षकत्वमा सम्पन भएको थियो ।
Tags: