‘विद्यार्थीको क्षमता र आवश्यकता हेरेर मार्गदर्शन गर्छौं’

Image
सुनिल भण्डारी डाइरेक्टर वेस्ट विसेस एजुकेशन एण्ड सर्भिसेस वेस्ट विसेस एजुकेशन एण्ड सर्भिसेस वैदेशिक अध्ययनको परामर्शसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको संस्थाको स्थापनाको छोटो समयमै आफ्नो उत्कृष्ट सेवाबाट पहिचान स्थापित गर्न सफल वेस्ट विसेसका डाइरेक्टर सुनिल भण्डारी अहिले वैदेशिक अध्ययनलाई पहिलो प्राथमिकतामा राखे पनि अभिभावक र विद्यार्थी पूर्व तयारीका सबालमा कम चासो देखाउने प्रवृत्ति रहेको बताउँछन् । सही परामर्शले मात्र विद्यार्थीको वैदेशिक अध्ययन र भविश्यमा सहयोग पुग्ने धारणा राख्ने डाइरेक्टर भण्डारीसँग सबल नेपालले गरेको संक्षिप्त कुराकानी :

वेस्ट विसेस एजुकेशन एण्ड सर्भिसेसको बारेमा बताइदिनुस् न ?

हाम्रो काठमाडौं लगायत अष्ट्रेलियाको होवर्ट र तासमेनियामा कार्यालय रहेको छ । वेस्ट विसेसले सेवा दिन शुरू गरेको भ्रखर डेढ वर्षमात्र भएको छ । समय छोटो जस्ता लागे पनि हामीले आफ्नो अगाडिको अनुभवको आधारमा छोटो समयमै वैदेशिक अध्ययनको क्षेत्रमा प्रभावकारी परामर्श दिएर विद्यार्थीलाई सहयोग गर्दै आएका छौं ।

 वेस्ट विसेसले विद्यार्थीलाई कुन कुन देशमा जान सहजीकरण गर्छ ?

हामीले अष्ट्रेलियालाई प्राथमिकता दिँदै आएका छौं तर यसका अतिरिक्त, युएसए, क्यानाडा, युके, न्यूजिल्याण्ड लगायतका देशको लागि पनि परामर्श र सहयोग गर्दै आएका छौं । पछिल्लो समय अष्ट्रेलियामा केही कडाइ गरिएको कारण क्यानाडालाई प्राथमिकता दिँदै आएको पाइन्छ ,तथापि अन्य देशमा पनि उत्तिकै चासो र प्राथमिकतामा पारेको देखिन्छ ।

 नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको आकर्षण किन बढेको होला ?

विद्यार्थीहरू समयअनुसार आफूलाई बदल्दै जान चाहान्छन् । नेपालमै पनि शैक्षिक संस्था र शिक्षाको विकास नभएको होइन तर नेपालीको शिक्षा अन्तरराष्ट्रिय स्तरको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा जान सकेन, तर विद्यार्थीर्ले आफूलाई अन्तरराष्ट्रिय शिक्षामा प्रतिस्पर्धा बनाउने क्षमतामा पुगे अथवा अन्तरराष्ट्रिय रूपमा संभावनाको खोजी गर्ने अवस्थमा पुगेकै कारण विद्यार्थीहरू वैदेशिक शिक्षातर्फ आकर्षित हुँदै गएका छन् । उनीहरू औपचारिक अध्ययनसँगै कमाउने विकल्पलाई पनि प्राथमिकता दिन थालेका छन् । अहिलेको समय कोरा पढाइ मात्रभन्दा पनि आफ्नो लाइफ स्टाइल र भविश्यको सुरक्षाको सुनिश्चिततालाई विद्यार्थीले खोजेका हुन भन्न सकिन्छ ।

वैदेशिक अध्ययनमा विद्यार्थी तथा अभिभावकको तयारी कस्तो देखिन्छ ?

नेपालमा अभिभावक र विद्यार्थीले विदेशमा अध्ययन भने पनि मुख्य उद्देश्य कमाउन कै लागि हो तर अभिभावक, विद्यार्थी कसैले पनि तयारीको विषयमा त्यति धेरै ख्याल गरेको पाइदैन । विदेश गएपछि सिधै जागिरमा जोडिन पाइन्छ भन्ने आम मान्यता छ तर यो विषय त्यति सजिलो होइन । कुनै पनि काम गर्नको लागि त्यससम्बन्धी सीपको खाँचो पर्छ । सीपको अभावमा विदेशमा सहजै काम पाइने भन्ने हुँदैन । धेरै विद्यार्थीहरू राम्रो जागिर नपाउने समस्याबाट गुज्रँदै आएका धेरै दृष्टान्त छन् । हामीसँग भएको सर्टिफिकेटले मात्र काम गर्दैन,सीप र दक्षताको आवश्यक छ । दक्षता हासिल गरेका विद्यार्थीले सहजै काम पाउँछन् नत्र हाउस किपिङ नै सबैको विकल्प हो ।

सीप बाहेक डकुमेन्टेसनका के के कुरामा ध्यान दिनुपर्छ ?

हरेक देशकको आवश्यकता फरक फरक हुन्छ । प्रायः सबै देशले फाइनान्सियल डकुमेन्टलाई प्राथमिकता दिएका हुन्छन् । परिवारको आयस्रोत कति र कस्तो छ ? उसको परिवारले खर्च पठाएर अध्ययन गर्न सक्छ कि सक्दैन भन्ने कुराको ग्यारेन्टी यसमा हुनुपर्छ । त्यस्तै परिवारको सम्पत्ति जसले भैपरी आउने आकस्मिक खर्चको जोहो गर्ने कुरामा सुनिश्चितता गर्छ । तेस्रो कागजात भनेको लोनको कागजात हो । यसका अतिरिक्त शैक्षिक कागजात त विद्यार्थीको लागि अनिवार्य नै भयो ।

वेस्ट विसेसले परामर्शमा कसरी सहयोग गर्दै आएको छ ?

बजारमा परामर्श दिने धेरै संस्था छन् । कन्सल्टेन्सी हेर्दा वर्षायामको बाढी आएको अवस्थामा नै छन् । नेपाली विद्यार्थी नेपालमा बसेर केही गरौं भन्ने कम भेटिन्छन् । उनीहरूको प्राथमिकता नै विदेश बन्दै आएको छ । हामीले विद्यार्थीलाई आश्वासन दिने र नहुन तथा नसक्ने कुरा गरेर विद्यार्थीलाई भुलाउने काम गर्दैनौं । हामी विद्यार्थीलाई फेक कागजात बनाएर विदेश पठाउने काम गर्दैनौं । जुन विद्यार्थीको जाने क्षमता छ , उनीहरूलाई सही मागदर्शन दिन्छौं । उसलाई सही सुझाव र काउन्सिलिङ गर्ने , उसको सबै क्षमताको आधारमा देश, युनिभरसिटी, पढ्ने विषय लगायतामा परामर्श दिन्छौं । हामीले विद्यार्थीलाई उनीहरूको आवश्यकताको आधारमा हामी मार्फत अध्ययनमा जाने विद्यार्थीलाई गन्तब्य मुलुकमा पनि सहयोग गर्दै आएका छौं । विदेश जाँदा शैक्षिक योग्यता, सीपसँगै सही परामर्शदाता आवश्यक छ ,सही परामर्शको अभावमा धेरै अफ्ठ्यारा भोग्नुपर्ने हुनसक्छ ।
Tags: