बढ्यो श्रमिकको पारिश्रमिक,कम्तिमा १७ हजार ३०० पाउने (राजपत्रसहित)

Image
तस्वीर - Business Standard काठमाडौं– सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । शुक्रबारदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो । विवरणअनुसार चिया बगान बाहेकका श्रमिकले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० र भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ । चिया बगानका श्रमिकले मासिक न्यूनतम १३ हजार ८९३ रुपैयाँ पाउने छन् ।
Tags: