इन्जिनियरिङमा अब्बल– युनिभर्सल

Image
काठमाडौं – युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज सन् २००० मा स्थापना भएको हो । ललितपुरको पाटनस्थित चाकुपाटमा रहेको यो कलेज केएमसी शैक्षिक नेटवर्क अन्तर्गत सञ्चालित छ । इन्जिनियरिङ र विज्ञानमा आफ्नो छुट्टै पहिचान बनाएको कलेज पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त छ । सिभिल इन्जिनियरिङ स्नातक (बीई सिभिल) र कम्प्युटर इन्जिनियरिङको स्नातक (बीई कम्प्युटर) गरी दुई स्ट्रिममा अध्ययन गराइने यो कलेजले नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन र उच्च शिक्षामा सहयोग गर्दै आएको छ । कलेजले छोटो समयमै शिक्षाको क्षेत्रमा गौरवमय सफलता हासिल गरेको छ । कलेज विद्यार्थीको सुविधाका लागि हरेक क्षेत्रमा गुणस्तरीयतालाई ध्यान दिँदै आएको छ । कलेजले एउटै छानामुनि हरेक वर्ष नयाँ शैक्षिक कार्यक्रम थप्ने योजना बनाएको अध्यक्ष पूर्णभद्र अर्याल बताउँछन् । प्राविधिक वातावरण प्रदान गर्न र आधारभूत प्राविधिक सीपहरू प्रदान गर्न कलेजले विद्यार्थीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको छ । पूर्वाधार विकाश, प्रविधि सम्पन्न प्रयोगशाला, र गुणस्तरीय पाठ्य प्रणालीलाई कलेजले प्राथमिकता दिँदै आएको अर्याल बताउँछन् ।  कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानको लागि विभिन्न ठाउँमा इन्टर्नशीपको व्यवस्था गर्दै आएको छ, जसबाट विद्यार्थीमा सैद्धान्तिकसँगै व्यवहारिक ज्ञानको दायरा पनि बढ्न सहयोग पुर्याउँदै आएको छ । ‘प्राविधिक शिक्षा हरेक राष्ट्रको मेरुदण्ड हो र देशलाई विकसित राष्ट्रको स्थानमा पुग्ने पाइला हो’ भन्ने मान्यतालाई युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजले आत्मसात गर्दै काम गर्दै आएको उनी बताउँछन् । कलेजले शिक्षामा योगदान दिँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को दीर्घकालीन परिकल्पनामा योगदान पु¥याउँदै आएको उनको भनाइ छ । पर्यावरणमैत्री वातावरण भएको र एक नवीन, जिम्मेवार र गुणस्तरीय उच्च शिक्षा संस्थामा रूपान्तरण गर्ने लक्ष्यसहितको अत्याधुनिक पूर्वाधारले सुसज्जित कलेज प्रति अभिभावक र विद्यार्थीको आकर्षण उच्च छ । निकट भविष्यमा वास्तविक–विश्व समस्या समाधान गर्न अनुसन्धानसँग शिक्षणलाई एकीकृत गर्न अरूको शैक्षिक कार्यक्रम र मास्टर कार्यक्रम प्रस्ताव गर्ने योजनामा रहेको अध्यक्ष अर्यालको भनाइ छ । उनले कलेजले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए । कलेजले विभिन्न परामर्शका कार्यक्रम राखेकोले कलेज भिजिट गर्न आग्रह गरे ।      
Tags: