कुल आय १.११ प्रतिशतले बढ्दा पनि ७.८६ प्रतिशत खस्कियो टेलिकमको नाफा

Image
काठमाडौं– नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८० को आय ४९ करोड ३६ लाख १६ हजारले बढेको छ । अघिल्लो आर्थिक वर्षका ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रुपैयाँ कुल आय रहेको टेलिकमको आय गत असार मसान्तसम्ममा १ दशमलव ११ प्रतिशतले वृद्धि भई ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार पुगेको हो । कम्पनीले सञ्चालन आय २ दशमलव ९४ प्रतिशतले कमी आएको बताएको छ । अघिल्लो वर्ष ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेको सञ्चालन आय असार मसान्तसम्म १ अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँले घटेर ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँ पुगेको जानकारी कम्पनीले दिएको छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्ष ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ कायम भएको जनाएको छ । गतवर्ष भन्दा यो वर्ष खुद मुनाफामा ६६ करोड ६२ लाख ७ हजार अर्थात ७ दशमलव ८६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेको थियो । गत आवसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ४३ दशमलव ३६ रुपैयाँ पुगेको छ ।  
Tags: