
काठमाडौं– रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरकाएसईई उतीर्ण उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८०’ को छात्रवृत्ति कार्यक्रम गरेको हो।
यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो।
छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रू. ५ हजार, दोश्रो हुनेलाई रू. ३ हजार ५००, तेश्रो हुनेलाई रू. २ हजार ५००, साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रूपमा रू. १ हजार ५०० एक वर्षसम्म उपलब्ध गराउने छ।
एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु चुनिने छन्।
कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते सुक्रबार कम्पनीकोे आधिकारिक वेवसाईट तथा फेसबुक पेजमा प्रकाशित गरिने कम्पनीले जनाएको छ।