कारोबारको सूचना ग्लोबल आइएमई बैंकले भ्वाइस मेसेजबाट दिने

Image
काठमाडौं – ग्लोबल आइएमई बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट दिने सुविधा सार्वजनिक गरेको छ । बैंकले भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो । यो योजनासँगै बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानी सम्बन्धी जानकारी एलईडी बोर्डमा रहेको साउन्ड बक्सबाट पाउने बताइएको छ । यसबाट ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकको अपेक्षा छ ।
Tags: