अनर ९० फाइभजी सिरिजको प्रि–बुकिङ शुरू

Image
काठमाडौं – सेलट्रोन नेपाल प्रालिले अनर ९० फाइभजी सिरिजको मोबाइल सार्वजनिक गरेको छ । कम्पनीले अनर ९० फाइभजी सिरिज सार्वजनिक कार्यक्रममा सेलट्रोन अनर ९० फाइभजी र अनर ९० लाइट फाइभजी दुवैको प्रि–बुकिङ शुरू भएको घोषणा गरेको छ । १२ जीबी ¥याम र २५६ जीबी रोम रहेको यो मोबाइलको मूल्य ५८ हजार ९९० रुपैयाँ रहेको बताइएको छ । त्यस्तै १२ जीबी ¥याम र ५१२ जीबी रोमसहितको मोबाइलको मूल्य ६३ हजार ९९० तोकिएको छ । कम्पनीले यी मोबाइल खरीदमा २१ हजार ९९० रुपैयाँको अनर वाच ५ हजार रुपैयाँमा उपलब्ध गराउने बताएको छ । त्यस्तै अनर ९० लाइट फाइभजी सिरिजको मोबाइल ३१ हजार ९९० मा उपलब्ध गराइने भएको छ । ८ जीबी ¥याम र २५६ जीबी रोम क्षमताको यो मोबाइलको खरीदमा ५ हजार ९९० को अनर एयरबड पाइने बताइएको छ ।  
Tags: