छोरीहरूसँग रमाउँदै एमाले अध्यक्ष ओली

Image
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिवार साँझ दुई बालिका सहितका फोटो पोष्ट गरे । मुगुका ती दुई बालिका स्कुल विदामा भेट्न आएको र यस अघि पनि आइरहने बताएका छन् । यस्तो छ उनको स्टाटस् : ‘शनिवार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई भेट्न आइरहन्छन् । आज पनि आएका थिए। बालाई भेट्न आएको नि भन्दै आज घुम्न जाने भन्दै थिए। तर मेरो फूर्सद मिलेन । घरमा आमासँग भिडियो कल गर्ने भने । उनीहरूका बाआमासँग एकछिन् भिडियोमा कुरा भयो । केही समय यिनीहरुसँग कुरा गरेर बिताएँ । राम्रोसँग पढ्छु भनेका छन् । अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ । खुशी छन् छोरीहरु ।’
Tags: