माछापुच्छ्रेको एपबाट अफलाइन भुक्तानी

Image
काठमाडौं –  माछापुच्छ्रे बैंकले अफलाइन भुक्तानी सेवा ल्याएको छ । बैंकले ईएमभी स्टाण्डर्डमा आधारित अफलाइन एप्लिकेशन ल्याएको हो । ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेशनमा ‘कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे’ सेवा शुरू गरेको बैंकले जानकारी दिएको छ । ‘टोकनाइज्ड’ प्रविधिमा खाता विवरणको सट्टा ‘सिस्टम जेनेरेटेड कोड’बाट कारोबार हुने गर्छ । यो प्रविधिमा ग्राहकले पस मेसिमार्फत कारोबार गर्दा फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ । हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । जसमा ग्राहकको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा विवरण गोप्य र सुरक्षित रहने बैंकको भनाइ छ ।
Tags: