कुन्तिदेवी फाउण्डेसनले गर्यो स्वास्थ्य शिविर, २७५ स्थानीयको स्वास्थ्य जाँच 

Image
काठमाडौं–कुन्तिदेवी फाउण्डेसनले शनिवार (आज) एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौंको कागेश्वरी मनहरा–६ मूलपानीमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता थियो । स्वास्थ शिविरमा २७५ जना स्थानीयले स्वास्थ्य परीक्षण गरी लाभ लिएको आयोजकले जानकारी दिएको छ । लोटस स्किन एण्ड हेयर क्लिनिक र थली सामुदायिक पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको कार्यक्रममा राप्रपा नेतृ तथा संस्थाकी अध्यक्ष कुन्तीदेवी पोखरेल समेत सहभागी थिइन् । अध्यक्ष पोखरेलले स्थानीय नागरिकको स्वास्थ्य परीक्षणले स्वास्थ्य अवस्थाप्रति जानकार रहन सहयोग पुग्ने अपेक्षाका साथ शिविर राखिएको बताइन् । स्वास्थ्य संस्थामा हिसाबले सुविधा सम्पन्न ठाउँभएपनि स्वास्थ्य जाँचको बानी नभएकाले शिविरले निरनतर स्वास्थ्य जाँचको अभ्यास बसाउन सहयोग पुग्ने बताइन् ।
Tags: