आरसी गोंगबु सातौं वर्षमा

काठमाडौं– रोटरी क्लव अफ गोगंबुले क्लवको सातौं वार्षिक उत्सव मनाएको छ ।
क्लवको सातौं वार्षिक उत्सवको अवसरमा सोमबार दृष्टिविहिन बालबालिकालाई खाद्यान्न वितरण समेत गरेको छ । ताारकेश्वर–५ बसाहा चौरमा रहेको दृष्टिविहिन बालबालिका शैक्षिक केन्द्रका १९ जना बालबालिकालाई सहयोग पुग्ने गरि खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतले आगामी दिनमा पनि क्लवले शैक्षिक केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

