गोकर्णेश्वरको शहिदपार्कका रोटरीको वृक्षरोपण (फोटो फिचर)

Image
काठमाडौं – रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ चारुमती र रोट्र्याक्ट क्लब अफ चारुमतीको संयुक्त रूपमा शनिवार वृक्षरोपण गरेका छन् । वृक्षरोपण काठमाडौंको गोकर्णेश्वरस्थित शहिद पार्कका गरिएको हो । उक्त अवसरमा विभिन्न जातका २५० भन्दा बढी विरुवा रोपिएको रोटरी क्लब अफ गोंगबुकी पूर्व अध्यक्ष कविता मानन्धरले जानकारी दिइन् । वृक्षरोपण क्लबले वर्षेनि गर्दै आएको र यस पटक एक लाख विरुवा रोप्ने रोटरीको राष्ट्रिय लक्ष्य समेत भएकाले योजनामा सहयोग पुर्याउन कार्यक्रम गरिएको बताइन् । वृक्षरोपणमा ग्रिन भेली, ग्रिन नेपालको समेत सहयोग रहेको थियो ।
Tags: