जब उडानका क्रममा यात्रुले २५ हजारको बदाम एकै पटक किनिन्......

Image
काठमाडौं– हवाई उडानका क्रममा एकजनाले कतिसम्म बदाम (ममफुली) किन्छ होला ? उडानमा समय व्यतित गर्न १ वा २ पोका । तर यत्तिमा सिमित छैन अचम्मित हुने कहानी छ । जर्मनीकी एक महिलाले उडानका क्रममा १, २ होइन ४८ पोका बदाम किनेकी छिन् । तपाईलाई लाग्न सक्छ उनले त्यो उडानका क्रममा खान या कोशेली लैजान खरीद गरेकी हुन् । यदि साँच्चै त्यो सोच्नुभएको भए अनुमान गलत निस्कियो । २७ वर्षीय लेह बिलियम्स नामकी ती युवतीले उडानमा कसैले बदाम खान नपाओस् अथवा किन्न नसकोस् भनेर सबै आफै किनेकी थिइन् । अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी आसपासमा मम्फुली किन्ने देखि आहात भएकी थिइन् । सोही कारण उनले १८५ डलर करीब २५ हजार रुपैयाँको बदाम आफै किनेकी थिइन् । अझै यसको खास कारण थाहा पाउँदा झनै अचम्म हुनुपर्ने छ । खासमा ती युवती 'एनाफिलेक्टिक सक' नामको गम्भीर एलर्जीबाट ग्रसित थिइन् । जानकार भन्छन् उनको लागि त्यो बदामको प्याकेट वरिपरी हुनु यति खतरनाक थियो कि त्यसले उनको ज्यान जान सक्थ्यो । उनको समस्यालाई लिएर बदाम खान नमिल्ने आग्रह गरिएको थियो तर उनको आग्रहलाई सुन्न तयार नभएपछि उनी बाध्य भएर सबै बदाम किनेकी थिइन् ।  
Tags: