अवरुद्ध संसद वैठकको भत्ता रास्वपाले नलिने

Image
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको जारी अधिवेशनमा अवरुद्ध दिनको सुविधा नलिने घोषणा गरेको छ । रास्वपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई शुक्रवार भेटी सोको जानकारी गराएको हो । ‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुख मार्फत प्रतिबद्धता जाहेर गर्दछ ,’ रास्वपाले भनेको छ । रास्वपाले निरन्तर संसद अवरुद्ध हुँदा जनतामाथि अन्याय भएको बताएको छ । ‘सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध छ,’ रास्वपाले भनेको छ, ‘जनताको सार्वभौम संसद यसरी अवरुद्ध भइरहदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा करा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको छ ।’ रास्वपाले पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिन र सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिन अनुरोध गरेको छ ।
Tags: