घर फर्किइन् लक्ष्मी : एनआरएनए दुबईको पहलका उद्धार

Image
काठमाडौं – सिन्धुपाल्चोककी लक्ष्मी पोखरेल वि.कलाई दुबईबाट उद्धार गरी नेपाल पठाइएको छ । सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ की लक्ष्मी स्वास्थ्यमा समस्या देखिएपछि काम गर्न नसक्ने अवस्थमा पुगेकी थिइन् । स्वास्थ्यका समस्या देखिए पछि घर फर्कन खोज्दा काम गर्ने कम्पनीले भिजाको तिरेर मात्र जान मिल्ने भन्दै रोके पछि उनी दुबईबाट नेपाल फर्कन सकेकी थिइनन् । उनलाई गैरआवासीय नेपाली संघ नेपाल एशोसियशन दुबईको पहलमा नेपाल फर्काइएको संघका सचिव कुमार श्रेष्ठले जानकारी दिए । ‘संघ र परराष्ट्र मन्त्रालयको १ महिना लामो पहलमा उनका श्रीमानको जिम्मा लगाउन सकेका छौं,’ सचिव श्रेष्ठले सबल नेपालसँग भने, ‘मेनपावर कम्पनीलाई पटक पटक सम्पर्कमा ल्याउन कोशिश गर्यौं तर सकिएन, संघका अध्यक्ष विकाश शाही लगायतको हाम्रो टिमको पहलमा उद्धार गरेका छौं ।’
Tags: