महिला औद्योगिक पार्क महत्पूर्ण अवधारणा हो - अर्थमन्त्री डा. महत

Image
काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रवार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन, सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, यो दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ , देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’ नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिने र महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेको भन्द्र उनले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्ने बताए । मन्त्री महतले भने, ‘ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ । यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ ।’ देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरुको सहभागिता रहेको र घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरु व्यवसायीले निर्यात गरिरहेको उनको भनाइ छ । ‘आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ । डिटिजल संसारले एउटा अवसर पनि दिएको छ । बजारिकरण सहजै रुपमा गर्न सकिन्छ । महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ ।’ सा–साना स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुर्याउनुपर्ने उनको तर्क छ । ‘यसमा सरकारले भरपूर सहयोग गर्छ , दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्छ, ’ अर्थमन्त्री डा. महतले भने ।
Tags: