पार्सल बोक्दै पठाओ

Image
काठमाडौं – राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले यात्रु बोक्ने मात्र होइन सामान बोक्ने काम पनि सघाउने भएको छ । पठाओले ‘पठाओ पार्सल’ सेवा शुरू गरेसँगै यो सम्भव भएको हो । काठमाडौं उपत्यकाभित्र कतै सामान पु¥याउनुपरेमा वा ल्याउनुपरेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । ‘बिर्सिनु त स्वाभाविक हो, पठाओ पार्सल छँदै छ नि’ नाराका साथ पठाओले सामान ढुवानी गर्न पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एपमार्फत यो सेवा लिन सकिने बताइएको छ । पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानि÷नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति पाइने थापाले बताए । चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम दुई किलोसम्म सामान पठाउन सकिन्छ । केही समयदेखि परीक्षणमा रहेको यो सेवा बुधवारदेखि पूर्ण रूपमा शुरू भएको हो ।
Tags: