काठमाडौं– काठमाडौं महानगरको नगर प्रहरीले सडक व्यापारीलाई दिएको सास्तीलाई गायक यश कुमारको गीतमा उनेका छन् । उनले आफ्नो नयाँ गीत ‘सुस्तरी सुस्तरी’मार्फत सडक व्यापारीका कथा उनेका हुन् ।

म्युजिकल फिल्म नाम दिइएको यो गीतमा सडक व्यापारीका पीडा मात्र छैनन् , प्रेमको कथा पनि छ । यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् ।

गीतको मोडलिङभित्र मकै बेच्ने युवती बनेर आएकी छिन्, अनु थापा । एउटा पूर्ण फिल्म आभास हुने यश कुमारको यो गीत निकेश खड्काले निर्देशन गरेका छन् । यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।

यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर