उत्पादन बजार पठाउँदा लेवल लगाउने प्रावधान, के छ व्यवस्था ?

Image
काठमाडौं – आर्थिक ऐन, २०५० को भन्सार सम्बन्धी अनुसूचि–१ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था अनुसार गत साउन १ गते पछि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालवस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाउने प्रावधान लागू भएको छ । पैठारी भएको मालवस्तुको लेवलमा पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना/वेबसाइट, कोड उल्लेख गरिनुपर्ने प्रावधान छ । के छ त अन्य व्यवस्था ? –मालवस्तु पैठारी भएको अवस्थामा वा बजारमा विक्री वितरणका लागि पठाउनु अघि लेवल लगाउनु पर्ने । –उल्लिखित लेवल उद्योगको कच्चा पदार्थको रुपमा पैठारी हुने मालवस्तु औद्योगिक मेशिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने संरचनाहरु जस्ता मालवस्तु बाहेक आम उपभोक्तालाई प्रत्यक्ष रुपमा विक्री वितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा लगाउनु पर्ने । –उल्लिखित लेवल पैठारी भएका मालवस्तुको प्रत्येक ईकाइमा र मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक ईकाइमा लेवल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ्ग गर्दा हुने सानो इकाईमा लगाउनु पर्ने । –एउटै पैठारीकर्ताको धेरै बजार वितरक हुन सक्ने हुँदा बजार वितरकको लेवल सम्बन्धित बजार वितरक आफैले लगाउन सक्ने । – उल्लिखित लेवल नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने। –लेवलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेवल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नु पर्ने । –पैठारीकर्ता / वितरकले लेवलमा बारकोड, क्यूआर कोड, सुरक्षा स्टीकर लगायतका आफ्नो पहिचान राख सक्ने ।
Tags: