टेलिकमले हरायो रिचार्ज कार्ड, भन्यो, ‘डिएक्टिभ गराएका छौं, काम लाग्दैन’

Image
काठमाडौं – नेपाल टेलिकमको रू. ५० दरको सि.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८०००१ सम्मका ‘नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड हराएको बताइएको छ । उक्त सिरियल नम्बरका कार्डहरु कम्पनीको सिस्टममा एक्टिभ नभएकाले रिचार्ज गर्न नसकिने टेलिकमको भनाइ छ । कम्पनीले भनेको छ, ‘त्यसैले उक्त रिचार्ज कार्ड पाइएमा खरीद तथा विक्री वितरण नगर्न तथा नगराउनु हुन सम्पूर्ण ग्राहक तथा वितरकहरुमा जानकारीका लागि अनुरोध गरिन्छ ।’ उक्त कार्ड कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमले आग्रह गरेको छ ।
Tags: