मिडियाले नाघेका आचारसंहिताका सीमा

Image

प्रेम पुन्थोकी राज्यको चौंथो अङ्गको रूपमा हेरिने पत्रकारिता नागरिक र समाजप्रति उत्तरदायी बन्नुपर्ने कुरा अनिवार्य शर्त हो । बढ्दो प्रविधिको प्रयोगले आम नागरिक मिडिया र यसले सम्प्रेषण गर्ने सामग्रीको पहुँचमा छन् । आम नागरिकको पहुँचमा मिडिया पुग्नु आफैंमा सकारात्मक कुरा हो तर मिडिया आफै भने कतिपय अवस्थामा पत्रकारिताको आचारसंहिता र मर्मभन्दा बाहिर गएका उदाहरण प्रशस्त छन् । पत्रकारितालाई पत्रकारिताकै बाटोबाट हिँड्नको लागि विभिन्न प्रतिकुल अवस्था सृजना गरेका र गराइएका छन् । पत्रकारिता जिम्मेवारसँगै सम्मानित पेशा पनि हो । तर यसको (दुरु)प्रयोगले पत्रकारिता प्रतिको बुझाइलाई नै धमिल्याउने काम गर्दै आएका छन् । पत्रकारितालाई नियमन गर्नको लागि आचारसंहिता बनेका छन् । विभिन्न निकाय छन् र पटक पटक विभिन्न फोरममा बहससमेत हुँदै आएको छ तर यसले पत्रकारितालाई व्यवस्थित बनाउने कुरामा प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.सुरेशराज आचार्य प्रतिष्ठित व्यक्तिका परिवारका सदस्यका विषयका दैनिकीको समाचार बन्नुपनि पत्रकारीताको मर्यादाभन्दा बाहिरको विषय बताउनुहुन्छ । ‘कुनै प्रतिष्ठित व्यक्ति समाचारको विषय हुन्छ, ऊ समाचारको मूल्य हो, समाचार बन्छ तर उसको परिवारको सदस्यलाई पनि त्यही प्राथमिकता दिइनु हुँदैन,’ डा.आचार्य थप्नुहुन्छ, ‘समाचार बनाइए तर पूर्वप्रधामन्त्री र अहिले नेपाली कांग्रेसका सभापतिको रूपमा रहेका शेरबहादुर देउवाको छोराले बिहेको गरेको समाचार बनाइनु पनि पत्रकारिताको मर्यादा र वैद्यताभित्र पर्दैन ।’

पत्रकारिता कतिपय अवस्थामा स्वनियम, अनुशासन र नैतिकताको विषय पनि हो । कुन रूपमा प्रस्तुत हुँदा त्यसले समाजमा के असर पार्छ, के प्रतिकृया पाइन्छ भन्ने कुराको न्यूनतम कुरामा ध्यान पु¥याउन जरूरी छ । हाम्रो पत्रकारितामा हामीले सहजै पचाइ दिएका तर आचारसंहिता र पत्रकारिताको मर्म विपरितका धेरै गतिविधि छन् । पत्रकारितालाई र मिडियालाई आफ्नो नियन्त्रणमा भएकै कारणले गरिएको दुरुपयोगले समग्र पत्रकारितामा प्रश्न चिह्न उठाएको छ । यस आलेखमा पत्रकारले आफू र आफ्नो परिवारलाई समाचारको विषय बनाउन हुने नहुन ? प्रेस रिलिज समाचार हो कि विज्ञापन ? पत्रकारका व्यक्तिगत विचारले संस्थागत प्रतिनिधित्व गर्छन गर्दैनन् ? मिडिया साक्षरताको विषय लगायत समेट्ने प्रयास गरिएको छ । पत्रकार र आफन्त कतिबेला समाचार बन्छन् ? बुटवलबाट प्रकाशित हुने दैनिक पत्र दैनिकको अनलाइन संस्करणमा केही दिन अगाडि एउटा अनुभूति/आलेख प्रकाशित भयो । ‘डा.बालकृष्ण चापागाईंका सुपुत्र ई.सन्देश चापागाईंको विवाह समीक्षा’ शिर्षकमा प्रकाशित समाज र संस्कृति बुझेका दिग्गज लेखक ऋषि आजादको उक्त अनुभूति अनौठो खालको थियो । उनी दैनिकपत्रका सल्लाहाकार सम्पादक हुन्, विषयवस्तुका पात्र डा.बालकृष्ण चापागाईं त्यसका प्रधानसम्पादक र अर्कापात्र छोरा ई.सन्देश चापागाईं सोही मिडिया हाउसका निर्देशक हुन् । प्रधानसम्पादक चापागाईं आफैमा नेपाली पत्रकारितामा आफ्नो जीवन समपर्ण गरेका र पत्रकारितामार्फत राष्ट्रिय उचाई ग्रहण गरेका व्यक्ति हुनुहुन्छ । उहाँले यसरी पारिवारिक प्रसङ्गलाई आफ्नै मिडियामा पस्कनुलाई धेरैले मिडियाको दुरुपयोग गरेको प्रतिकृया दिएका छन् । यसका लेखक आजादले पत्रकार र सञ्चालकका विषयमा यसरी समाचार आएका कारण बढी आलोचना भएपनि आफ्नो मनसाय समाजमा सही सन्देश दिनको लागि भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मिडियाका सञ्चालकभन्दा पनि बिहेले दिएको सन्देशलाई जोड दिएर मैले लेखेको हुँ, त्यही बिहेको सन्दर्भका धेरै आलोचना योग्य कुराहरू पनि थिए, ती मैले उहाँलाई भेटमै दिएँ, राम्रा कुरालाई मिडियामा ल्याउने प्रयास गरेको हुँ तर यसलाई आलोचनाका दृष्टिले बढी हेरियो भन्ने लाग्छ ।’ समाजलाई सही सन्देश प्रवाह हुने अवस्थामा जोकोही पनि समाचारको विषय बन्न पाउनुपर्ने उहाँको तर्क छ ।

बर्गेल्ती खुलेका साना मिडियामा बिहेका, सन्तान जन्माएका लगायत विभिन्न बद्ख्वाईं असरल्ल देखिन्छन् । सामाजिक सञ्जालमा त्यस्ता सामग्री एकाएक भाइरल बन्छन् । तर समस्या साना मिडियामा मात्र होइन, आफूलाई मूलधार भन्न मन पराउने र राष्ट्रिय, अन्तरराष्ट्रिय पहिचान बनाएका मिडियामै यो रोग देखिन्छ । पत्रकारहरू समाचारका विषय हुन्छन् तर उनीहरूले आफ्नो घरपरिवारलाई समाचारका विषय बनाउन मिल्दैन ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.सुरेशराज आचार्य प्रतिष्ठित व्यक्तिका परिवारका सदस्यका विषयका दैनिकीको समाचार बन्नुपनि पत्रकारीताको मर्यादाभन्दा बाहिरको विषय बताउनुहुन्छ । ‘कुनै प्रतिष्ठित व्यक्ति समाचारको विषय हुन्छ, ऊ समाचारको मूल्य हो, समाचार बन्छ तर उसको परिवारको सदस्यलाई पनि त्यही प्राथमिकता दिइनु हुँदैन,’ डा.आचार्य थप्नुहुन्छ, ‘समाचार बनाइए तर पूर्वप्रधामन्त्री र अहिले नेपाली कांग्रेसका सभापतिको रूपमा रहेका शेरबहादुर देउवाको छोराले बिहेको गरेको समाचार बनाइनु पनि पत्रकारिताको मर्यादा र वैद्यताभित्र पर्दैन ।’ आफ्ना छोराको बिहेमा सँगै फोटो खिचेर,स्वागत गरेर आफ्नै मिडियाको प्लेटफर्म प्रयोग गर्नु मिडियाको चरम दुरुपयोग भएको डा. आचार्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यसलाई आचारसंहिताले केही नगर्ला तर यसले समाचारको मूल्य पाउन सक्दैन, कुरा समाचारको मूल्यको हो ।’ उहाँका शब्दमा बिहेका यी सन्दर्भ विज्ञापनका विषय बन्न सक्छन् । ‘फलानाका छोरा, फलानाका छोरीबीच बिहे भएको सन्दर्भ शुभकामनासहित विज्ञापन दिन सकिन्छ, समाचारमा समेट्नु दुरुपयोग ठहर्छ,’उहाँले भन्नुभयो । यो सामग्री प्रकाशन भएसँगै विभिन्न चर्चा परिचर्चा भए । त्यसो त नेपाली मिडियामा यस्ता सामग्री प्रकाशन हुनु नौलो कुरा थिएन । बर्गेल्ती खुलेका साना मिडियामा बिहेका, सन्तान जन्माएका लगायत विभिन्न बद्ख्वाईं असरल्ल देखिन्छन् । सामाजिक सञ्जालमा त्यस्ता सामग्री एकाएक भाइरल बन्छन् । तर समस्या साना मिडियामा मात्र होइन, आफूलाई मूलधार भन्न मन पराउने र राष्ट्रिय, अन्तरराष्ट्रिय पहिचान बनाएका मिडियामै यो रोग देखिन्छ । पत्रकारहरू समाचारका विषय हुन्छन् तर उनीहरूले आफ्नो घरपरिवारलाई समाचारका विषय बनाउन मिल्दैन । हाम्रोमा मात्र होइन विश्वव्यापी अभ्यास छ , पत्रकारले कुनै पुरस्कार पाउँदा अथवा समाजमा उल्लेखनीय काम गरेर दिएको सम्मान लिँदा आफ्नै सञ्चार माध्यममा आफै समाचार बनेको अवस्था छ । बनाउँदै आएको अवस्था छ । तर नितान्त पारिवारिक कुरा र त्यसले पाठकलाई कुनै अर्थ राख्दैन भने त्यो समाचार बन्न सक्दैन । अहिले समाचारका विषयवस्तु बन्दा कुनै प्रतिष्ठित व्यक्तिका परिवारका सदस्यलाई जोडेर समाचार बनाउने प्रवृत्ति बढ्दो छ । कुनै समय उद्योगपति तथा सांसद विनोद चौधरीका छोरा निर्वाण चौधरीको विहेको धेरै मिडियाले समाचार बनाए । उनको बिहेको समाचार बन्नुको कारण उनी उद्योगपतिको छोरा अथवा उद्योगी घरानाको सदस्य भएकोले मात्र समाचार बनेको थियो । विभिन्न स्वार्थपूर्तिका लागि मिडियालाई प्रयोग गर्ने र गराइने प्रवृत्ति व्याप्त छ । प्रेस रिलिज समाचार कि विज्ञापन ? सामान्यतया आजकल कर्पोरेट हाउसले प्रेस रिलिजमार्फत मिडियालाई प्रयोग गर्दै आएका छन् । कर्पोरेट हाउसले मिडियामा राम्रो पहिचान बनाएका र लामो समय मिडियामा काम गर्दै आएका पत्रकारलाई तलबी कर्मचारीको रूपमा भर्ती गरेर व्यवसायको प्रवद्र्धन र गुणगान गाउन लगाउँदै आएका छन् । मिडियाले तिनै गुणगानलाई टपक्क टिपेर समाचार सामग्रीको रूपमा पाठकमाझ पुर्याउँदै आएका छन् । पत्रिकाले सिमित स्पेसका कारण रिलिजलाई सानो बनाउने प्रयास गरेपनि अनलाइनले जतिसक्दो धेरै समेट्ने कोशिश गरेका हुन्छन् । पत्रकार आचारसंहिताले समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्न स्पष्ट व्यवस्था गरेको छ तर अहिले प्रेस रिलिजका नाममा अथवा विज्ञापन नै भएपनि समाचारकै शैलीमा विज्ञापन आउने गरेका छन् । आचारसंहिताको दफा ४ (७) मा भनिएको छ : (१) पत्रकार तथा सञ्चारमाध्यमले पाठक, श्रोता वा दर्शकमा भ्रम वा संशय उत्पन्न नहुने गरी समाचार, लेख, विचार र प्रायोजित सामग्री वा विज्ञापनबीच स्पष्ट अन्तर हुनेगरी सम्प्रेषण गर्नु, गराउनुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले विज्ञापनलाई विज्ञापन कै रुपमा र समाचारलाई समाचारकै रुपमा प्रस्तुत गर्नुपर्दछ । (३) पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याति, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा आधिकारीकता पुष्टि हुने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ । सबै प्रेस रिलिज विज्ञापन हुँदैनन् र सबै समाचार पनि हुँदैनन् । प्रेस रिलिजमा कुनै न कुनै तरिकाबाट विज्ञापन मिसाउने प्रयत्न गरिएको हुन्छ । मिडियाले प्रेस रिलिजका कन्टेन्टबाट विज्ञापनभन्दा बढी त्यसभित्रका समाचारका विषयवस्तुलाई प्राथमिकता दिनुपर्छ । हाम्रो अभ्यासलाई हेर्दा न्यूज डेस्कलाई कुनै अमुक कर्पोरेट हाउसले नियन्त्रणमा राख्ने प्रयत्न गरेको हुन्छ । उसको प्रचार सामग्रीलाई समाचारको रूपमा मिडिया हाउसले प्रचार गरिदिनुपर्ने प्रणालीको विकास भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा.आचार्य यस्तो कार्य समाचारलाई व्यापारीकरण गर्ने प्रयत्नको रूपमा लिनुहुन्छ । उहाँ यसलाई अहिले प्रचार सामग्रीलाई समाचारको रूपमा राख्ने र भोलि उसबाट कुनै न कुनै तरिकाबाट लाभ लिने मिडिया हाउसको (कु)नियत भएको बताउनुहुन्छ । मिडिया इथिक्सले मिडियामा आउने कुनै पनि सामग्रीले पाठक भ्रममा पर्न नहुने कुरामा जोड दिन्छ । मिडियामा आउने विज्ञापन नै किन नहोस्, त्यो तथ्यमा आधारित हुनुपर्छ । किनकी विज्ञापनकै रूपमा आएपनि त्यसलाई मिडियाले आफूलाई माध्यम बनाएपछि तयसले समाजमा पार्न सक्ने प्रभावको आकंलन गर्नुपर्छ । त्यसको जिम्मा लिन सक्नुपर्छ भने समाचार प्रकाशन त झनै जिम्मेवार काम भयो । प्रेस रिलिजको रूपमा कुनै व्यापारिक प्रतिष्ठानले दिएको जानकारी असत्य र भ्रामक भएको अवस्थामा त्यसको जिम्मा कसले लिने ? विज्ञापनको रूपमा होस् या त रिलिजको रूपमा त्यसले समाजमा हानी पु¥याए त्यसको जिम्मेवार मिडिया हुन्छ, जिम्मेवार बन्न सक्नुपर्छ । केही वर्ष अगाडि प्रतिष्ठित पत्रिका कान्तिपुर दैनिकमा ‘नेपालमा देखियो सेतो बाघ’ शिर्षकमा प्रथम पृष्ठमै समाचारको शैलीमा मदिराको विज्ञापन गरेको थियो । व्यापारिक र व्यावसायिक प्रयोजनका लागि विज्ञापनको रूपमा आएको सामग्रीलाई आकर्षक ढंगले समाचारको रूपमा प्रकाशन गरिएसँगै प्रेस काउन्सिल नेपालले स्पष्टीकरणसमेत सोधेको थियो । मिडियाले आर्थिक लाभ लिएर राखिएका त्यस्ता सामग्रीलाई पाठकले पनि त्यही रूपमा बुझ्ने वातावरण मिडिया हाउसबाट हुनुपर्छ । पाठकले विज्ञापनलाई विज्ञापनको रूपमा र समाचारलाई समाचारको रूपमा ग्रहणगर्दा मिडिया हाउस प्रतिको विश्वसनीयता घट्ने होइन बढ्छ । समाचारले जसरी सन्देश प्रवाह गर्छ त्यसरी नै विज्ञापनमापनि सन्देश लुकेको हुन्छ । कुनै विज्ञापनदाता र विज्ञापनले मिडियामाथि मूल्य सृजना (भ्यालू क्रियट) गर्ने भनेकै पाठकले उक्त मिडियामाथि राखेको विश्वास र विश्वसनीयता उपज हो । कतिपय अवस्थामा मिडिया हाउस आफ्नो संस्थाको स्वार्थसिद्धिका लागि समाचार र विज्ञापनमा दोहोरो भूमिका देखाउँछन् । नेपाल समाचारपत्रले‘खबरदार फस्नुहोला नि !’ शिर्षकमा कुनै गाडीको विषयमा समाचार लेख्यो । उक्त गाडीको बेफाइदालाई समेटेर समाचार लेखेको पर्सिपल्ट सोही गाडीको ज्याकेट विज्ञापन प्रकाशन गर्यो । यसले मिडिया हाउसको स्वार्थ बाझियो । यस्तो अवस्थामा पाठकले के बुझ्ने ? कि त तीन दिन अगाडि लेखेको समाचारमा भ्रामक थियो भन्नुपर्यो, यदी भ्रामक समाचार भए एउटा प्रतिष्ठित उद्योगमाथिको आक्षेपको मूल्य कसरी चुक्ता हुनसक्छ ? यदी सत्य थियो भने तीन दिन पछाडिको विज्ञापनबाट आम पाठकमा छर्न खोजेको भ्रम के हो ? यस्ता प्रश्नको जवाफ दिन मिडिया हाउस सधै तयार हुनुपर्छ ।

न्यूयोर्क टाइम्सले सामाजिक सञ्चालनमा संस्थामा आवद्ध पत्रकारको संलग्नता बढ्दै गएपछि सन् २०१७ को अन्त्यतिर नयाँ निर्देशिका जारी गर्यो । निर्देशिकामा उल्लेख थियो, ‘पत्रकारले सामाजिक सञ्चालमा संस्थागत अथवा व्यक्तिगत दुवै धारणा राख्नु संस्थाको लागि घातक छ ।’

व्यावसायिक प्रतिष्ठानमा रिलिजमात्र होइन् विभिन्न प्रतिष्ठित व्यक्ति तथा संस्थाका समाचारको रूपमा आएका सामग्रीको विश्वसनीयता कुन कसीमा जाँच्ने भन्ने कुराको टुंगो अहिले पाइदैन । आफूले गरेका गतिविधिलाई प्रचार सामग्रीको रूपमा पठाएका सामग्रीमा टेकेर बनेका समाचार कुन एन्गलबाट समाचार बन्ने ? पठाउनेले आफ्नो बढाइचढाइ र अनुकुलताका आधारमा समाचार बनाएको हुन्छ, मिडियाले त्यही भजन सीधै गाउने कि त्यसलाई भेरिफाईं गर्ने ? विषय गम्भीर छ । एउटा प्रसङ्ग छ, सरकारले सुनलाई विलासिताको वस्तुको रूपमा राख्दै आयातमा २ प्रतिशत कर लगाउने घोषणा गर्यो । त्यसको विरोध गर्दै आएका सुनचाँदी व्यवसायीले विभिन्न मन्त्री तथा सचिवसँग यसलाई हटाउन लविङ गर्दै आएका थिए, व्यवसायीले भेटघाटमा समाचार मिडियामा पठाउँदै आएका थिए, मिडियाले पनि समेट्दै आएका थिए । त्यही शिलशिलामा अर्थमन्त्रीसँगको भेटपछिको समाचार आयो, ‘सरकारले सुनमा लगाउने कर हटाउने’ भन्ने शिर्षकमा समाचार आयो । कति मिडियाले सिधंै समाचार राखे पनि तर त्यसमा सत्यता थिएन । पत्रकारिताभित्रका यस्ता जोखिमको जिम्मा कसले लिने ? कसैलाई रिझाउने नाममा चाहिनेभन्दा बढी त गरिरहेका छैनौं ? यसरी आएका समाचार सामग्रीलाई कसरी व्यवस्थापन गर्ने, सम्प्रेषण गर्ने भन्ने विषयमा हामी सोंच्नै नसक्ने अवस्थामा पुगेका छैनौं होला । पत्रकारका व्यक्तिगत विचारले संस्थागत प्रतिनिधित्व गर्छन ? न्यूयोर्क टाइम्सले सामाजिक सञ्चालनमा संस्थामा आवद्ध पत्रकारको संलग्नता बढ्दै गएपछि सन् २०१७ को अन्त्यतिर नयाँ निर्देशिका जारी गर्यो । निर्देशिकामा उल्लेख थियो, ‘पत्रकारले सामाजिक सञ्चालमा संस्थागत अथवा व्यक्तिगत दुवै धारणा राख्नु संस्थाको लागि घातक छ ।’ उसले निर्देशिकामा स्पष्ट लेख्यो, ‘हाम्रा पत्रकारले सामाजिक सञ्जालमा पक्षपातपूर्ण राय राख्न, कसैको समर्थन या विरोध गर्न अथवा कुनै राजनीतिक दलको विचारलाई बढावा दिँदा यसले संस्थाको प्रतिष्ठमा आँच आउँछ ।’ टाइम्सको तर्क थियो, ‘सामाजिक सञ्जाल निजी हो तर सार्वजनिक रुपमा साझा गरिएका सामग्रीमा कतै न कतैबाट संस्था जोडिन्छ । टाइम्सको यो निर्देशन पछि आलेचकहरूले यसले पत्रकारलाई सामाजिक बन्ने रोक्ने प्रयत्नका रूपमा विश्लेषण गरेका थिए । मिडिया पर्यवेक्षक समेत रहेका मट्थेव सी.इन्ग्रामले सामाजिक सञ्जालमा पत्रकार जोडिनु भनेकोे पाठकसँग अन्तरक्रिया गर्नु पनि रहेको र सामाजिक सञ्जालमा पत्रकारले राय राख्नु भनेको पाठक र पत्रकारलाई नजिक ल्याउने र मानवीय बन्न सहयोग गर्ने बताएका थिए । हाम्रो सन्दर्भमा पनि विशेष गरी सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया व्यापक रूपमा भेटिन्छन् । त्यसमा पनि मूलधारका मिडियाका सन्दर्भमा मिडियासँग पत्रकारलाई जोडेर विभिन्न आक्षेप लगाउने समेत गरेको पाइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै सन्दर्भमा ठूला मिडियाका केही पत्रकार (सम्पादक) लाई लक्षित गरी ‘बाह्र भाइ’ को संज्ञा दिँदै आक्रोश पोख्नुभएको थियो, त्यसको प्रभावले कान्तिपुर दैनिक जलाउनेदेखि ती पत्रकार कार्यरत सञ्चार संस्था र तिनमा कार्यरत पत्रकारका निजी विचारमा समेत खनिएका दृष्टान्त छन् । यो सन्दर्भलाई हेर्दा रास्वपा अध्यक्ष लामिछाने कुन सन्दर्भमा आक्रोश पोखे, त्यसको तर्क र तथ्यको गहिराई कति थियो भन्ने कुराको मूल्याङ्कन भएन । तर उनका समर्थकले अहिले पनि ‘बाह्र भाइ’ को नाम लिँदै कुनै न कुनै खालको दुव्र्यवहार गर्दै आएका छन् ।

  पत्रकारलाई समाजको ‘इन्फ्लुएन्सर’ को रूपमा हेरिन्छ । पत्रकारले समाचार लेख्दा कुनै मिडियाको प्लेटफर्मको प्रयोग गरेपनि उनीहरूले समाजमा बनाएको पहिचान, प्रतिष्ठा, ख्याति मिडिया हाउसभन्दा बाहिरको सम्पत्ति हो । अडियन्सले कुनै समाचारको जानकारी प्राप्त गर्ने स्रोतको रूपमा मिडियालाई आधार मानेर जति ‘रेफरेन्स’ लिन्छन्,त्यत्तिकै पत्रकारमाथिको विश्वासलाई पनि आधार बनाएका हुन्छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल पत्रकारको व्यक्तिगत जीवन र व्यक्तिगत धारणाका सन्दर्भमा बहस भइरहने बताउनुहुन्छ । सामाजिक प्रोफाइलसहितको पेशा भएको कारण पत्रकारका विचारभित्र संस्थागत र पेशागत प्रतिनिधित्व खोज्नु स्वाभाविक भएपनि हरेक कुरामा पत्रकारका धारणाले संस्थागत प्रतिनिधित्व गर्नुपर्छ भन्ने मान्यता राख्नु गलत हुने उहाँको विचार छ । उहाँ भन्नुहुन्छ , ‘सामाजिक सञ्जालमा पत्रकार आफैले आफ्नो संस्थागत धारणा भनेर घोषणा गरेर नराख्दासम्म त्यसलाई व्यक्तिगत विचार नै मान्नुपर्छ, तर कहिलेकाँही पाठकले पत्रकारको लेखन सामग्रीभित्र सामाजिक सञ्जालमा राखेको प्रतिक्रियासँग जोडेर हेरी त्यसैबाट प्रभावित भएको मान्न सक्ने कुरामा पत्रकार सजग हुुनुपर्छ ।’ राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा पत्रकार सामाजिक पहिचान बनाएको व्यक्ति भएको र उसले आफ्नो सामाजिक छबि बिर्सिएर व्यक्तिमा जाँदा पत्रकारको पेशागत मर्यादा र पेशागत असुरक्षा जन्मने बताउनुहुन्छ । अहिलेको समय व्यवसायिक पत्रकारको मात्र जमाना नभई यो समय नागरिक पत्रकारिताको समय रहेको उहाँको धारणा छ । अहिले सामाजिक सञ्जाल पत्रकारहरूको लागि चुनौती हो भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘व्यवसायिक पत्रकार जब पत्रकार नभएर सामाजिक सञ्जाल प्रयोगकर्ताको रूपमा तब चुनौती थपिन्छ । नागरिकका हैसियतले सामाजिक सञ्जालमा जाँदा असुरक्षा पैदा हुन्छ । समाचार लेख्दा पत्रकारको रूपमा लेख्ने तर सामाजिक संजालमा स्टाटस नागरिकको रूपमा राख्दा त्यसलाई व्यक्तिको धारणाको रूपमा बुझिन्छ र असुरक्षा शुरू हुन्छ ।’ पत्रकारिता गरेर पत्रकारको सामाजिक पहिचान बनाएपछि समाजप्रति जिम्मेवार हुनुपर्ने उहाँको तर्क छ । पत्रकारलाई समाजको ‘इन्फ्लुएन्सर’ को रूपमा हेरिन्छ । पत्रकारले समाचार लेख्दा कुनै मिडियाको प्लेटफर्मको प्रयोग गरेपनि उनीहरूले समाजमा बनाएको पहिचान, प्रतिष्ठा, ख्याति मिडिया हाउसभन्दा बाहिरको सम्पत्ति हो । अडियन्सले कुनै समाचारको जानकारी प्राप्त गर्ने स्रोतको रूपमा मिडियालाई आधार मानेर जति ‘रेफरेन्स’ लिन्छन्,त्यत्तिकै पत्रकारमाथिको विश्वासलाई पनि आधार बनाएका हुन्छन् । कुनै घटनाक्रम अथवा सूचना मिडियाभन्दा अगाडि कुनै विश्वासिलो (विश्वास जितेको) पत्रकारले सामाजिक सञ्जालमा स्टाटस राखेकै भरमा पनि घटनाक्रम प्रति विश्वास गरेर धारणा बनाउँछन् । यसले के देखाउँछ भने हरेक कुरा समाचारको रूपमा आउने होइनन् । अथवा सबै अवस्थामा पत्रकार व्यवसायसँग जोडिन्छ भन्ने हुँदैन तर कुनै न कुनै किसिमबाट कुनै सूचनाको जानकारी मास अडियन्ससम्म पु¥याउने काम गरिन्छ भने पत्रकार आफ्नो पेशागत दायित्वबाट पन्छन मिल्दैन । यस्तो अवस्थामा पत्रकारसँग मिडिया हाउसको सम्बन्धलाई जोडेर कति हेर्ने अथवा हेरिन्छ भन्ने कुरा फरक विषय हो तर व्यवसायिक पत्रकारले पत्रकारको रूपमा सूचना सम्प्रेषण नगरेको अवस्थामा पनि अडियन्सले उसलाई दिएको पत्रकारको ‘भ्यालु’ले उसलाई बाँधेको हुन्छ, उसको समाजप्रतिको दायित्व हरेक समय जतिबेला पनि सक्रिय रहन्छ । पत्रकारले सामाजिक सञ्जालमा उल्लेख गरेका धारणाले संस्थागत प्रतिनिधित्व नगर्लान अथवा मिडिया हाउसले उसको विचारको संरक्षण नगर्ला तर पत्रकारको पहिचानको रूपमा स्थापित पेशागत मर्यादाले पत्रकारलाई जहिल्यै बाँधी रहेको हुन्छ, स्वतन्त्र हैसियतमा भएपनि उ आफू पत्रकार हो भन्ने दायित्वबाट पन्छिन पाउँदैन ।

  उपभोक्ता उपभोग्यवस्तु किन्ने कुरामा त्यसको मूल्य, गुणस्तर तथा विश्वसनीयताको पाटोलाई केही हदसम्म केलाउने प्रयास गरेका हुन्छन् तर समाचार बेच्ने मिडियाले समाचार कुन स्वार्थले सम्प्रेषण गरेकाछन् भन्ने न्यूनतम कुरा सोंच्ने र विश्लेषण गर्ने खुबि र अभ्यासको विकास आम पाठकमा हुन सकेको छैन । अहिले मिडिया बुझेका र समाचार कसरी कसरी तयार हुनसक्छन् भन्ने बुझेकैका विश्लेषणका तर्क हुन्छन् ,‘मिडियामा यस्तो आएछ नि !’

अर्कोकुरा पत्रकारले सार्वजनिक गरेका विचार उसले सम्पादन गर्ने र सम्प्रेषण गर्ने समाचार सामग्रीसँग सम्बन्ध राख्छ कि राख्दैन भनेर चासो हुनु स्वाभाविक पनि छ , किनकी पत्रकारले ‘आफ्नो विचार जस्तोसुकै भएपनि सबैकुरा विर्सिएर निष्पक्ष भएर मिडियामा प्रस्तुत भएको छु’ भन्नेकुराको ग्यारेण्टी गर्ने चुनौती अहिले आम पत्रकारको हो । किनकी अहिले आफूलाई धेरै तिर संलग्न गराएर पत्रकार स्वतन्त्र हैसियतमा छन् कि छैनन् भन्ने कुरामै प्रश्न उब्जिएको छ । हाम्रा दलगत संलग्नता, दलका भातृ तथा शुभेच्छुक संघ, संगठनका आवद्धता, विभिन्न पदीय हैसियतमा रहेर काम गर्दै आएका व्यक्तिको तथा विभिन्न संस्थाको प्रेस हेर्ने जिम्मेवारी लगायतले हामी स्वतन्त्र छौं भन्ने कुरालाई विश्वास गर्न सकिने अवस्था पनि देखिन्न । खाँचोमा मिडिया साक्षरता प्रेस काउन्सिल नेपालको तथ्यांकलाई आधार मान्दा यो सामग्री तयार पार्दासम्म ४ हजारभन्दा बढी अनलाइनले आफूलाई सञ्चार माध्यमको रूपमा काम गर्ने दर्ता भएर काम गर्दै आएका छन् । त्यस्तै दर्ता भएका पत्रिका करीब ८ सय छन्् । सूचना विभागका अनुसार झण्डै १२ सय रेडियो र २५० को संख्यामा टेलिभिजनले इजजातपत्र लिएका छन् । उत्तिकै संख्यामा इजाजत नलिएर सञ्चालनमा आएका मिडिया छन् । मिडियामा आएको यो बाढी अस्वाभाविक खालको हो । प्रविधिको विकासले सबैखालका मिडिया अडियन्सको पहुँचमा छन् । अनलाइनमा प्रकाशित समाचारलाई अध्ययन गर्ने अडियन्स सीधै वेवसाइटमा गएर समाचार अपडेट हुनेभन्दा पनि सामाजिक सञ्जाल ‘स्क्रोल’ गर्दा पाइने लिंकलाई खोलेर पढ्नेको जमात अधिक छ । त्यो भनेको मिडियाले समाचारको लिंक अथवा जानकारी सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने अपरिहार्यता बढेको हो । यस्ता लिंक सेयर गर्नेमा ‘अथेन्टिक’ समाचार सम्प्रेषण गर्ने मिडिया भन्दा पनि बाढीमा बग्दै मिसिएका ‘कपीकारिता’ र ‘भाइरलकारिता’ ले उपजले जन्माएका न्युज कन्ट्ेन्टले बजार जमाएको हुन्छ । अहिले हरेका समाचार विक्रीमा छन् । जसरी एउटा व्यापारी अथवा वस्तु उत्पादकले त्यसलाई ग्राहक तथा उपभोक्ता समक्ष पु¥याउनको लागि त्यसलाई प्रवद्र्धन, ब्राण्डिङ, प्याकेजिङदेखि आकर्षणका जुन हर्कद गरिरहेको हुन्छ । अहिले मिडियाले आफ्ना लक्षित पाठकलाई त्यही शैलीमा प्रयोग गरेकाछन् । उपभोक्ता उपभोग्यवस्तु किन्ने कुरामा त्यसको मूल्य, गुणस्तर तथा विश्वसनीयताको पाटोलाई केही हदसम्म केलाउने प्रयास गरेका हुन्छन् तर समाचार बेच्ने मिडियाले समाचार कुन स्वार्थले सम्प्रेषण गरेकाछन् भन्ने न्यूनतम कुरा सोंच्ने र विश्लेषण गर्ने खुबि र अभ्यासको विकास आम पाठकमा हुन सकेको छैन । अहिले मिडिया बुझेका र समाचार कसरी कसरी तयार हुनसक्छन् भन्ने बुझेकैका विश्लेषणका तर्क हुन्छन् ,‘मिडियामा यस्तो आएछ नि !’ मिडियाले समाचार सम्प्रेषण गर्दा त्यसले पाठक तथा समाजमा पार्न सक्ने प्रभाव र असरमा ध्यान दिनुभन्दा पनि कुन फण्डामार्फत पाठकको नजरमा परिन्छ भन्ने उपायका अनेक तरिकाका तानाबाना बुन्ने कुरामा मिडिया अगाडि छन् । आकर्षक देखिने समाचार शीर्षकबाट हुन्छ कि, फोटोबाट हुन्छ कि अथवा कन्टेन्टलाई बङ्गाएर हुन्छ पाठक तान्ने प्रयन्त देखिन्छ । पाठक तिनै भाइरल कन्टेन्टको जालमा परेका छन्, त्यसलाई आफ्नो विवेक लगाएर मूल्यांकन गर्नुभन्दा पनि मिडियामा आएका कुरा सत्य हुन्छन् भन्ने भ्रम हुन्छ या त कुनै मिडियाको गलत समाचारको छाप अन्य मिडियामा पनि पर्न जाँदा सबै मिडियालाई मूल्याङ्कनको एउटै कसीमा राखेर हेर्न थाल्दा मिडिया साक्षरता अव्यवस्थित छ । मिडिया साक्षरताले पाठकले विभिन्न स्रोतबाट प्राप्त गर्ने सूचना तथा समाचारलाई ग्रहण गर्ने मात्र होइन त्यसलाई विश्लेषण कुरालाई समेट्छ । मिडिया साक्षरताले बजारमा छरिएर रहेका मिडियालाई छान्न सक्ने क्षमतालाई बढाउँछ । पाठकले मिडिया छान्न सक्नु भनेको कुनै मिडियालाई इन्कार अथवा अस्वीकार गर्नु मात्र होइन् उनीहरुलाई थप जिम्मेवार बनाएर मिडियाको गुणस्तर र विश्वसनीय बनाउन दवाव सिर्जना गर्नु पनि हो । विभिन्न सञ्चार माध्यमबाट आएका सूचना तथा समाचारलाई ग्रहण गर्ने पाठक सचेत हुन आवश्यक छ । समाचारबाट सचेत मात्र नभइ त्यसलाई आलोचनात्मक विश्लेषण गर्ने तथा त्यसमा प्रश्न गर्न सक्ने र समेट्न नसकेका कुरालाई पत्ता लगाउने सामथ्र्य राख्नु हो । पाठकले सानो सर्कलमा भएपनि त्यसलाई विश्लेषण, प्रतिकृया र बहस गर्नु आवश्यक छ, कम्तीमा यसले पाठक–पाठकबीच बहस सृजना गर्दा पाठकको परिपक्कता बढ्छ । कुनै समाचारलाई सतही विश्लेषण मात्र नगरेर मिडियाले कुन उद्धेश्यले समाचार सम्प्रेषण भएको हो ? कसलाई घाटा अथवा नाफा गर्छ ? समाजलाई आर्थिक, सामाजिक रूपमा कस्तो प्रभाव पार्छ ? सार्वजनिक नीति र कर्पोरेट अभ्यासका चुनौती र अभ्यासको समेत विश्लेषण गर्ने ल्याकत पाठकतहबाट आउन जरूरी छ । (प्रेस काउन्सिल नेपालको प्रकाशन संहिताबाट)

Tags: