स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

Image
काठमाडौं – केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएमडब्ल्यूसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ । विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् । नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । “बिएम्डब्ल्यूको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ,’ कम्पनीका प्रतिनिधिले भने । बिएमडब्ल्यू डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन् । स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।  
Tags: