‘सही परामर्शले विद्यार्थीको उपयुक्त भविश्य निर्धारण गर्छ’

Image
ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिसेजले सन् २००५ देखि विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । नेपालका विभिन्न क्षेत्रमा शाखा कार्यालय रहेको ब्रिलियन्टले राम्रो अनुभव भएका परामर्शदातामार्फत परामर्श सेवा दिँदै आएको छ । धेरै नेपाली विद्यार्थीलाई परामर्श दिएर पठाउँदै आएको ब्रिलियन्ट शिक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, नेपाल शैक्षिक परामर्श केन्द्र (इक्यान), अन्तरराष्ट्रिय चेम्बर अफ कमर्श, आइसीएफको सदस्य समेत हो ।ब्रिलियन्टकी निर्देशक कल्पना बस्नेत अध्ययनका लागि विदेश जाने कुरा धेरै संवेदनशील रहेको बताउँछिन् । उपयुक्त परामर्शको अभावमा वैदेशिक अध्ययनमा विदेशमा गएर दुःख पाएका धेरै उदाहरण रहेको उनको भनाइ छ । अहिले वैदेशिक अध्ययनमा जाने ट्रेण्ड कस्तो छ ? वैदेशिक अध्ययनमा आकर्षण किन बढ्दो छ ? नेपाली विद्यार्थीलाई अन्तरराष्ट्रिय विश्वविद्यालय कसरी हेर्छन ? लगायतका विषयमा बस्नेतसँग सबल नेपालले गरेको कुराकानी : उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दो छ, किन होला ? प्लस टु पछि उच्च शिक्षाका लागि विदेश जानेको संख्या बढी छ । नेपालमा स्नातक गर्नको लागि चार वर्ष समय लाग्ने र त्यसपछिको गन्तव्य के हुने भन्ने कुरामा अन्यौतलता हुने हुनाले पनि उच्च शिक्षाका लागि विदेश नै रोज्नेको संख्या बढ्दो छ । अर्कोकुरा नेपालमै पनि सर्वसुलभ र सस्तो शिक्षा छैन । नेपालमा स्नातक गर्नको लागि लाग्ने खर्चले विदेशमा पढाइ पूरा गर्न सकिन्छ । विद्यार्थीलाई आफ्नो करियरको चिन्ता बढी हुन्छ, फेरि वैदेशिक अध्ययन भनेको ‘एक्सपोजर’को विषय पनि हो । नेपालको डिग्री र अन्तरराष्ट्रिय डिग्रीको भ्यालु एउटै हुन सक्दैन । पढाइ सँगसँगै कमाइ र बाहिरको डिग्रीमा गर्व गर्न सक्ने कुरा भएकोले पनि यसतर्फ बढी आकर्षण देखिएको हो । पढाइपछि जागिरको समयमा पनि अन्तरराष्ट्रिय डिग्रीलाई हेर्ने दृष्टिकोण नै राम्रो छ । वैदेशिक अध्ययनमा जाँदा पूर्व तयारीको अभ्यास कस्तो छ ? प्लसपछि वैदेशिक अध्ययनको लागि तयारीभन्दा पनि यहाँ पढ्ने कि विदेश जाने भन्ने कुरामा विद्यार्थी तथा तिनका अभिभावकमा अन्यौलता कायमै हुन्छ । धेरैलाई वैदेशिक अध्ययनमा जाँदा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरामा त्यति धेरै ध्यान दिएको पाइदैन । पहिलो कुरा त वैदेशिक अध्ययनमा यहाँको डिग्रीले मात्र पुग्दैन । विद्यार्थीको रूपमा जाँदा भाषाको दक्षता सुनिश्चितताको लागि आइइएलटिएस, पीटीई, टोफल, जीआरई, जिम्याट लगायत आवश्यक छ । वैदेशिक अध्ययनमा जाँदा छात्रवृत्तिमा अध्ययन गर्ने अथवा कसरी हुन्छ सस्तो शुल्कमा पढ्ने चाहना हरेक विद्यार्थीको हुन्छ । विदेशका विश्वविद्यालय तथा कलेजले कस्ता विद्यार्थीलाई भर्ना लिने भन्ने कुरामा मापदण्ड बनाएका हुन्छन् । त्यो भनेको यहाँको डिग्रीको कुरा देखि अग्रेजी दक्षताको दायरा तोक्ने कुरा हो । त्यसलाई पूरा गर्न सकिन्छ सकिन्न भन्ने कुरामा विद्यार्थीले जानकारी राख्नुपर्छ । अर्को कुरा लागतको कुरा पनि हो । विश्वविद्यालयले लिने शुल्कदेखि विद्यार्थीले त्यहाँ बस्दा रहँदा कसरी आफूलाई ‘फाइनान्सियल्ली’ अगाडि बढाउने भन्ने कुरामा अभिभावकले पनि ध्यान दिनुपर्छ । आफ्नो लगानी गर्ने क्षमता कति छ, आयस्रोत के हो, जानकै लागि कसरी खर्च पुर्याउने भन्ने कुरामा मानसिक रूपमै तयारी रहनुपर्छ ।यसको लागि नेपालमा रहेको ‘क’ वर्गका बैंकबाट कर्जा लिनुपर्ने हुनसक्छ । बैंकले आम्दानी देखाउने अथवा आम्दानीको ग्यारेण्टी गरेको हुनुपर्छ । परामर्शका लागि राम्रो कन्सल्टेन्सी छनोट कसरी गर्ने ? संख्यात्मक हिसाबले हजारौंको संख्यामा कन्सल्टेन्सी सञ्चालनमा छन् । यी कन्सल्टेन्सी कति दर्ता भएका छन् , कतिपय यत्तिकै सञ्चालनमा छन् । सबै कन्सल्टेन्सीले राम्रो परामर्श दिन्छन् भन्ने पनि छैन । वैदेशिक अध्ययन भनेको धेरै महŒवपूर्ण कुरा हो । धेरै विद्यार्थीदेखि अभिभावकसम्म वैदेशिक अध्ययनको बारेमा जानकार हुँदैनन् । कन्सल्टेन्सी छान्दा त्यसको पृष्ठभूमिको विषयमा जानकार हुनुपर्छ । दर्ता प्रक्रिया देखि कन्सल्टेन्सीले गर्दै आएका गतिविधि, सक्सेस रेट, अन्तराष्ट्रिय विश्वविद्यालयसँगको आवद्धता अथवा समन्वयको अवस्थादेखि धेरै कुरा बुझेको अवस्थामा सही कन्सल्टेन्सी छान्न सहज हुन्छ । अहिले कन्सल्टेन्सीले मनपरी आश्वासन दिने, मनपरी राय दिने काम गरिरहेका छन् । कन्सल्टेन्सी सञ्चालनको लागि मापदण्डहरू छन्, कन्सल्टेन्सीले मापदण्ड पूरा गरेका छने छैनन् भन्ने कुरामा भेरिफाइ गरेर हेर्न पनि सकिन्छ । विद्यार्थीलाई वैदेशिक अध्ययनको लागि भएका जिज्ञासा कन्सल्टेन्सीले पूरा गर्नुपर्छ । ब्रिलियन्टलाई परामर्शका लागि विद्यार्थीले किन रोज्ने ? हामी १९ वर्षदेखि परामर्श सेवा दिँदै आएका छौं । हामीले विद्यार्थीदेखि अभिभावकसम्मलाई सन्तुष्ट बनाएर काम गर्छौं । अभिभावक विद्यार्थीको रोजाइमा पर्नुको कारण पनि हामीले गर्ने रेस्पोन्स नै मुख्य कारण हो । परामर्श दिएपछि हामीबाटै जानुपर्छ भन्ने मान्यता हामी राख्दैनौं । कुन विश्वविद्यालय जाँदा राम्रो हुन्छ ?, लागत कति लाग्छ ?, जाने प्रक्रिया के के हुन्छ ?, कुन विषय अध्ययन गर्दा कस्तो अवसर छ ?, रोजगारीको अवसर कस्तो छ ? लगायत कुरामा हामीले राम्रोसँग परामर्श दिँदै आएका छौं । हामीले विद्यार्थीलाई परामर्शसँगै ‘इण्डिभिजुल्ली केयर’ गर्दै आएका छौं । ब्रिलियन्टले कुन कुन मुलुकमा विद्यार्थी पठाउँदै आएको छ ? हामीले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मन, यूके लगायतका देशमा पठाउँदै आएका छौं । पछिल्लो समय क्यानडाले धेरै विद्यार्थी भिœयाउँदै आएको छ । नेपाली विद्यार्थीको विश्वव्यापी रेस्पोन्सलाई हेर्दा क्यानाडाले नेपाली विद्यार्थीलाई हेर्ने दृष्टिकोण धेरै सकारात्मक छ । क्यानाडामा नेपालका विद्यार्थीको परमर्फेन्स राम्रो छ । सजिलै र सहज भिसा पाउँदै आएका छन् । अष्ट्रेलियामा अध्ययनको लागि जाने पनि धेरै देखिन्छ किन होला ? अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण बढ्नुको कारण नेपालको जस्तो हावापानी हुनु पनि हो । धेरै नेपाली अष्ट्रेलियामा हुँदा आफन्त गएकै आधारमा पनि जाने गरेका छन् । अष्ट्रेलियाका विश्वविद्यालय सस्तो र राम्रो पनि छन् । अर्कोकुरा अष्ट्रेलियमा कामको अवसर र पीआर पाउने सम्भावना पनि बढी छ । नेपाली विद्यार्थीको अध्ययन उपलब्धि र लाइफस्टाइल कस्तो छ ? विदेशमा नेपाली विद्यार्थीलाई हेर्दा ‘लाइफ स्टाइल’ धेरै राम्रो छ । विदेश जाने विद्यार्थी राम्रो परिवारको विद्यार्थी पनि हो । उनीहरूको अध्ययन पनि राम्रो छ । अन्तरराष्ट्रिय रूपमा धेरै विद्यार्थी अवाडेर्ड भएका छन् । कति हामीले पठाएका विद्यार्थी नै उत्कृष्ट बनेका छन् । यसरी विद्यार्थीले आफ्नो रोजाइका आधारमा विश्वविद्यालय र देश छान्दै आएका छन् । वैदेशिक अध्ययनमा जाँदा कुन कुन कुरामा ध्यान दिनुपर्ला ? पूर्वतयारी हुनुपर्छ, सीप सिकेर जाँदा धेरै सजिलो हुन्छ । पढ्न जाने विद्यार्थी संघर्ष गर्ने आँट हुनुपर्छ । विद्यार्थी पठाउँदा अभिभावकले पनि कमाउन भन्दा पनि अध्ययन गर्नकोलागि जाँदै छ भन्ने कुरामा ध्यान दिनुपर्छ । विश्वविद्यालयका बारेमा, कामको बारेमा , हावापानीको बारेमा, अध्ययन गर्ने विषयवस्तुका सन्दर्भका विद्यार्थीले जानकारी हासिल गर्नुपर्छ ।
Tags: