सहयोग सङ्कलन गरेर तोक्पेगोलामा गुम्बा निर्माण
ताप्लेजुङ– विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्र सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए ।
उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउन स्थानीय जुटेका हुन् । गुम्बा निर्माण लागत रू. २ करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ । तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रू. ४५ लाख , एक जर्मनी नागरिक समेतले रू. ८ लाख, मिक्वाखोला गाउँपालिकाबाट रू. २१ लाख, उपलब्ध भएको निर्माण समितिले जनाएको छ ।
गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ । रू. ८ लाखका तीन वटा प्रतिमा, रू. ८ लाख ५० हजार र रू. ५ लाख ५० हजारका एक एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन् । अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ ।